चितवन अटोमोबाइल डिलर्स एसोसिएसन अध्यक्षमा पिया

चितवन (अस) । चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया चयन भएका छन् । शनिबार सम्पन्न एसोसिएसनको पाँचौं वार्षिक साधाणसभा तथा तेस्रो अधिवेशनले आगामी २ वर्षका लागि ११ सदस्यीय नयाँ समिति चयन गरेको हो । एसोसिएसनको  प्रथम उपाध्यक्षमा इन्द्रप्रसाद रेग्मी, द्वितीय उपाध्यक्षमा उत्तम अधिकारी, सचिवमा विमलकुमार पौडेल, कोषाध्यक्षमा यज्ञप्रसाद पौडेल  चयन भएका छन् । यस्तै, सदस्यमा रविनकुमार श्रेष्ठ, जनककुमार ढकाल, बालकृष्ण ओली, भीमसेन श्रेष्ठ र सुरेशकुमार चौधरी चयन भएको निर्वाचन संयोजक  अर्जुन अधिकारीले बताए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ सहभागी कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका केन्द्रीय अध्यक्ष ध्रुव थापा, केन्द्रीय सदस्य गोपाल भट्टराई, नासाका (नेपाल अटोमोबाइल स्पोर्ट एसोसिएसन) का सल्लाहकार गोविन्द भट्टराईलगायतले शुभकामना व्यक्त गरेका थिए । अध्यक्ष ईश्वरकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनबाट सचिव इन्द्रप्रसाद रेग्मी र कोषाध्यक्ष विमलकुमार पौडेलले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन अनुमोदन गरिएको छ  । कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका केन्द्रीय अध्यक्ष थापा र केन्द्रीय  सदस्य भट्टराईलाई सम्मान गरिएको थियो ।