चितवन अटोमोबाइल डिलर्स एशोशिएसनको अध्यक्षमा राजन पिया चयन

फागुन ७, चितवन । चितवन अटोमोबाइल डिलर्स एशोशिएसनको अध्यक्षमा राजन पिया चयन भएका छन । शनिवार सम्पन्न एशोशिएसनको पाँचौं वार्षिक साधाण सभा तथा तेस्रो अधिबेसनले पियाको अध्यक्षतामा आगामी दुई वर्षको लागि ११ सदस्यीय नयाँ समिति चयन गरेको हो ।  एशोशिएसनको  प्रथम उपाध्यक्षमा इन्द्र प्रसाद रेग्मी द्वितिय उपाध्यक्षमा उत्तम अधिकारी, सचिवमा विमल कुमार पौडेल, कोषाध्क्षमा यज्ञ प्रसाद पौडेल  चयन भएका छन । यसैगरी सदस्यमा रबिन कुमार श्रेष्ठ, जनक कुमार ढकाल, बालकृष्ण ओली, भीमसेन श्रेष्ठ र सुरेश कुमार चौधरी चयन भएको निर्वाचन संयोजक  अर्जुन अधिकारीले जानकारी दिए ।  उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा नाडा अटोमोबाइल्स एशोशिएसन अफ नेपालका केन्द्रीय अध्यक्ष ध्रुव थापा, केन्द्रीय सदस्य गोपाल भट्टराई, नेपाल अटोमोबाइल स्पोर्ट एशोशिएसन (नासा) का सल्लाहकार गोविन्द भट्टराई, जिल्ला ट्राफिक कार्यालयका निमित्त कार्यालय प्रमुख अर्जुन पौडेल, निर्वाचन संयोजक अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए । निवर्तमान अध्यक्ष ईश्वर कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो साधारण सभा तथा अधिवेशनबाट सचिव ईन्द्रप्रसाद रेग्मी र कोषाधयक्ष विमलकुमार पौडेलले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन अनुमोदन गरिएको छ  । कार्यक्रममा नाडा अटोमोबाईल्स एशोशिएसन अफ नेपालका केन्द्रीय अध्यक्ष थापा र केन्द्रीय  सदस्य भट्टराईलाई सम्मान गरिएको थियो । सो अबसरमा एशोशिएसनले स्मारिका विमोचन गरेको थियो । 

सम्बन्धित सामग्री

चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा पुन: पिया

चितवन। चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा पुन: राजन पिया चयन भएका छन् । भरतपुरमा सम्पन्न सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले पियाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । एसोसिएसनको प्रथम उपाध्यक्षमा इन्द्रप्रसाद रेग्मी, द्वितीय उपाध्यक्षमा उत्तम अधिकारी, सचिवमा कमल अधिकारी, कोषाध्यक्षमा यज्ञप्रसाद पौडेल चयन भएका छन् । यस्तै सदस्यहरूमा जनककुमार ढकाल, विष्णु सेंढाई, सुमन बर्तौला, होमनाथ पौडेल, विकास घिमिरे चयन भएका छन् । कार्यसमितिको कार्यकाल २ वर्ष रहने व्यवस्था छ ।

न्यू होप नमस्ते इन्भेष्टमेन्टको अध्यक्षमा दीपेश श्रेष्ठ

चितवन । चितवनका युवा व्यवसायीको समूह न्यू होप नमस्ते इन्भेष्टमेन्टको अध्यक्षमा दीपेश श्रेष्ठ चयन भएका छन् । कम्पनीको सोमबार सम्पन्न पहिलो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।  कम्पनीको सचिव पदमा भूपेन्द्र कर्माचार्य चयन भएका छन् भने सदस्यहरूमा मनोज रानाभाट, गोपाल भट्टराई र सचिववदन भण्डारी चयन भएका हुन् । यस्तै ग्रुपको सल्लाहकारमा दिपेश श्रेष्ठ (ख) र रुवीन रामुदामु चयन भएका छन् ।  सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले कम्पनीले पूर्णता पाएसँगै चितवनलगायत अन्य जिल्लाहरूमा विभिन्न क्षेत्रमा लगानी गर्दै जाने  लक्ष्य रहेको बताए । ‘हामी सबैको आ–आफ्नै विजनेश र पेशा छ,’ श्रेष्ठले भने, ‘यो ग्रुपमा हामीले संयुक्त लगानी गरी सम्भावित क्षेत्रमा लगानी गर्दै जानेछौं ।’  ग्रुपले हाल रियलस्टेट क्षेत्रमा लगानी गर्दै आएको र आगामी दिनमा हस्पिटालिटी क्षेत्रमा लगानी गर्न लागेको अध्यक्ष श्रेष्ठको भनाइ छ । ‘चितवन हरेक क्षेत्रमा सम्भावना भएको क्षेत्र हो,’ उनले भने, ‘तर भोलिका दिनमा यहांँ मात्रै होइन, देशमा मुख्य शहरहरूमा पनि लगानी र व्यवसाय विस्तार गर्दै लग्नेछौं ।’  कम्पनीमा पोल्ट्री, अटोमोबाइल, होटल, सुनचाँदी, स्वास्थ्य, सहकारीलगायत क्षेत्रका व्यवसायीहरू गरी ३१ जना सदस्य आवद्ध छन् ।

चितवन अटोमोबाइल डिलर्स एसोसिएसन अध्यक्षमा पिया

चितवन (अस) । चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया चयन भएका छन् । शनिबार सम्पन्न एसोसिएसनको पाँचौं वार्षिक साधाणसभा तथा तेस्रो अधिवेशनले आगामी २ वर्षका लागि ११ सदस्यीय नयाँ समिति चयन गरेको हो । एसोसिएसनको  प्रथम उपाध्यक्षमा इन्द्रप्रसाद रेग्मी, द्वितीय उपाध्यक्षमा उत्तम अधिकारी, सचिवमा विमलकुमार पौडेल, कोषाध्यक्षमा यज्ञप्रसाद पौडेल  चयन भएका छन् । यस्तै, सदस्यमा रविनकुमार श्रेष्ठ, जनककुमार ढकाल, बालकृष्ण ओली, भीमसेन श्रेष्ठ र सुरेशकुमार चौधरी चयन भएको निर्वाचन संयोजक  अर्जुन अधिकारीले बताए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ सहभागी कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका केन्द्रीय अध्यक्ष ध्रुव थापा, केन्द्रीय सदस्य गोपाल भट्टराई, नासाका (नेपाल अटोमोबाइल स्पोर्ट एसोसिएसन) का सल्लाहकार गोविन्द भट्टराईलगायतले शुभकामना व्यक्त गरेका थिए । अध्यक्ष ईश्वरकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनबाट सचिव इन्द्रप्रसाद रेग्मी र कोषाध्यक्ष विमलकुमार पौडेलले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन अनुमोदन गरिएको छ  । कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका केन्द्रीय अध्यक्ष थापा र केन्द्रीय  सदस्य भट्टराईलाई सम्मान गरिएको थियो ।