नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको भावी नेतृत्वका लागि व्यवसायी ध्रुव थापाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनीसँग अध्यक्षका अर्का दाबेदार व्यवसायी करण चौधरी भिड्दैछन् । अध्यक्षका बलिया दाबेदार मानिएका चौधरी र थापा दुवैले आफू नै विजयी हुने दाबी गर्दैछन् । निकै रस्साकस्सीबीच हुने यसपटकको निर्वाचनमा बाजी कसले मार्छ, त्यो भने मत परिणामसँगै टुङ्गो लाग्नेछ । नाडा चुनावका सन्दर्भमा अध्यक्षका प्रत्याशी व्यवसायी ध्रुव थापासँग गरिएको कुराकानी ::चुनावी दौडधूप निकै चलेको छ है !दौडधूप नै त नभनौँ,