एनएमबि क्यापिटलको खुलामुखी म्युचुअल फण्डको इकाई आजबाट खरीद बिक्रि गर्न सकिने

एनएमबि क्यापिटल NMB Capital  को पहिलो खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाईहरु आजबाट खरीद बिक्रि गर्न सकिने भएको छ  ।  एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनएमबि सरल बचत फण्ड - इ (NMB Saral Bachat Fund - E) नामक खुलामुखी योजनाको इकाईहरु आज पुस ५ गते सोमबारबाट खरीद बिक्रि गर्न सकिने भएको हो ।क्यापिटलका अनुसार हालको लागि क्यापिटलको कार्यालय नागपोखरीबाट इकाई खरीद बिक्रिको ब्यबस्था मिलाईएको छ।आइतबार देखि बिहीबारसम्म बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म इकाई खरीद बिक्रि हुने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार  शुक्रबार, शनिबार तथा सार्वजनिक बिदाका दिनमा यस योजनाका इकाईहरुको खरीद/बिक्री बन्द रहनेछ । यस खुलामुखी योजनाको एनएमबि बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेका छन् ।  क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत रहने गरि १ अर्ब आकारको एनएमबि सरल बचत फण्ड ई  नामको खुलामुखी योजनाको इकाई निष्काशन गरेको हो । न्याभको आधारमा इकाई किनबेच हुने छ ।  खुलामुखी योजना भएकोले यसको कारोबार नेप्सेमा हुदैन । 

सम्बन्धित सामग्री

धौलागिरी लघुवित्तको आईपिओ आजदेखि बिक्रि खुला

धौलागिरी लघुवित्तले आज साउन २४ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ ।  कम्पनीले सर्बसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो ।जस मध्ये ५ हजार १ सय ५५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुको लागि छुट्याईएको छ भने १६ हजार ५ सय ५० कित्ता शेयर कर्मचारी तथा सर्बसाधारणहरुलाई छुट्याईएको छ ।  बाँकि रहेको ३ लाख ९ हजार २ सय ९५ कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।  शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस निष्काशनमा साउन २९ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ ।   राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ ।

एभरेष्ट बैंकले ऋणपत्र आजदेखि बिक्रि खुला, १०.५ प्रतिशत ब्याज

एभरेष्ट बैंकले आज साउन १८ गतेबाट ऋणपत्र बिक्रि खुला गरेको छ। बैंकले  १००० अंकित दरका २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।  २० लाख कित्ता मध्ये ८ लाख कित्ता सर्बसाधारणलाई बिक्रि हुने छ भने बाँकि १२ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्रि हुने छ । सर्बसाधारणलाई बिक्रि गरिने ८ लाख कित्ता मध्ये सामुहिक लगानी कोषहरुलाई ४० हजार कित्ता छुट्याईएको छ । यस ऋणपत्रमा छिटोमा साउन २२ गतेसम्म र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा भदौ १ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।  ऋणपत्र निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रन्बंधक रहेको छ । ६ वर्षे अवधिको यस ऋणपत्र बैंकले १०.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । यो ऋणपत्र २०८५ मा मेच्योर हुने छ । बोर्डले साउन २ गते ऋणपत्र निष्काशनको लागि नेपाल धितोपत्र  बोर्डबाट अनुमति पाएको हो ।

सानिमा र सिद्धार्थ बैंकको ऋणपत्र आजदेखि बिक्रि खुला, कुनले दिन्छ बढी ब्याज ?

सानिमा बैंक र सिद्धार्थ बैंकले आज असार १० गतेदेखि ऋणपत्र बिक्रि खुला गरेका छन्। सानिमाले ५ अर्बको ऋणपत्र निष्काशन गरेको हो भने सिद्धार्थले ४ अर्बको ऋणपत्र निष्काशन गरेको हो । सानिमा बैंकले   १,००० अंकित दरको ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । जस मध्ये ३० लाख कित्ता अर्थात् ३ अर्ब बराबरको ऋणपत्र निजि अर्थात् व्यक्तिगत तबरले बिक्रि गरिने र बाँकि २० लाख कित्ता अर्थात् २ अर्ब बराबरको ऋणपत्र सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । यस ऋणपत्रमा सामुहिक लगानी कोषले आवेदन दिएका छैनन्  । ऋणपत्र निष्काशनको लागि आरविवी मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा असार १४ र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ  ।  आवेदन दिंदा न्यनतम २५ कित्ता र अधिकतम २० लाखकित्तासम्मको लागि आवेदन दिन सकिने छ  । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।  त्यस्तै सिद्धार्थले  १,००० अंकित दरको ४० लाख कित्ताले हुन आउने ४ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । जस मध्ये २४ लाख कित्ता अर्थात् २ अर्ब ४० करोड बराबरको ऋणपत्र निजि अर्थात् व्यक्तिगत तबरले बिक्रि गरिने र बाँकि १६ लाख कित्ता अर्थात् १ अर्ब ६० करोड बराबरको ऋणपत्र सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ ।  ऋणपत्र निष्काशनको लागि कुमारी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा असार १४ र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ  ।  आवेदन दिंदा न्यनतम २५ कित्ता र अधिकतम १ लाख कित्ता सम्मको लागि आवेदन दिन सकिने छ  । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.७५  प्रतिशत ब्याज प्रदान गर्ने छ ।

आदर्श लघुवित्तको आईपिओ आजदेखि बिक्रि खुला

आदर्श लघुवित्त वित्तीय संस्थाले आज असार १ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले  ६७ लाख बराबरको जम्मा ६७ हजार कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गरेको हो । जस मध्ये १ हजार ३५ कित्ता कम्पनीको कर्मचारीको लागि सुरक्षित गरिएको छ, भने ३ हजार ३ सय ५० कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ  । बाँकी रहेको ६२ हजार ६ सय १५ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन्  । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने छ  ।  लगानीकर्ताले असार ५ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने छन्  ।  शेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  हाल कम्पनीको चुक्ता पुँजी १ करोड ४० लाख रहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख पुग्ने छ  ।  नेपाल धितोपत्र बोर्डले जेठ १० गते मंगलबार कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो  ।  कम्पनीले शेयर निष्काशनको अनुमति माग गर्दै असोज २० गते बोर्डमा आवेदन दिएको थियो ।   कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ  ।

प्राइम कमर्शियल बैंकको ऋणपत्र आजदेखि बिक्रि खुला, कति पाइन्छ ब्याज ?

प्राइम कमर्शियल बैंकले आज जेठ ३१ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । कम्पनीले  १,००० अंकित दरको ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो ।जस मध्ये ३० लाख कित्ता निजि अर्थात् व्यक्तिगत तबरले बिक्रि गरिने र २० लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ। सर्बसाधारणलाई निष्काशन गरिने कित्ता मध्ये ५ प्रतिशत सामुहिक लगानी कोषहरुको लागि छुट्याउने गरिएकोमा  यस ऋणपत्रमा सामुहिक लगानी  कोषहरुले भने आवेदन दिएका छैनन्। यस ऋणपत्रमा छिटोमा असार ३ गतेसम्म र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा ढिलोमा असार १४ गतेसम्म आवेदन दिन सकिने छ  ।  आवेदन दिंदा न्यूनतम २५ कित्ता र अधिकतम १०  लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ। ५ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.१५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।  ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई जेठ १८ गते ऋणपत्र निष्काशनको लागि अनुमति दिएको हो।

समृद्धि फाइनान्सको हकप्रद बिक्रि खुला

समृद्धि फाइनान्स Samriddhi Finance Company ले आज फागुन ८ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले  २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको  २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशन गरेको छ । कम्पनीले  साउन १५ गते नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्काशनको अनुमति माग गर्दै आवेदन दिएकोमा बोर्डले मङ्सिर २९ गते अनुमति प्रदान गरेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि पुस ११ बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउन सक्ने छन् ।  हकप्रदमा माघ २९ गतेसम्म आवेदन दिन सकिने छ  ।  हकप्रद निष्काशनको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।   वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो।  कम्पनीले यस अघि १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।

बलेफी हाइड्रोको पहिलो चरणको आईपिओ आजदेखि बिक्रि खुला

बलेफी हाइड्रोले आज माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयलाई शेयर बिक्रि खुला गरेको हो ।कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये जुगल गाउँपालिका वडा नम्बर २,३ र ४ (साविकको गोल्चे, गुम्बा र पाङताङ  गाबिस)का स्थानीयलाई १० लाख ९६ हजार ७ सय ८९ कित्ता शेयर निष्काशन हुने छ । त्यस्तै आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु जुगल गाउँपालिकाको वडा नम्बर ७ र ५, बलेफी गाउँपालिकाको वडा नम्बर १,३,६ र ७ तथा सुनकोशी गाउँपालिकाको वडा नम्बर ७ का स्थानीयलाई ७ लाख ३१ हजार १ सय ८८ कित्ता शेयर निष्काशन गरिएको छ । यस आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । आईपिओमा छिटोमा फागुन १२ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ । आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ। स्थानीयलाई निष्काशन गरिने शेयर पूर्ण रुपमा बिक्रि नभएमा बिक्रि नभएको शेयर पनि सर्वसाधारणलाई बिक्रि गरिने छ । नेपाल धितोपत्र बोर्डले माघ ९ गते  कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति दिएको हो ।कम्पनीको शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।

एभरेष्ट बैंकको ऋणपत्र आजदेखि बिक्रि खुला, कति पाइन्छ ब्याज ?

एभरेष्ट बैंक Everest Bank Limited ले आज माघ ३ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । कम्पनीले १,००० अंकित दरको २० लाख कित्ताले हुन आउने २ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो  । जस मध्ये १२ लाख कित्ता निजि तबरले बिक्रि गरिने र ८ लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । सर्वसाधारणलाई छुट्याईएको ८ लाख कित्ता मध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा माघ ६ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा ढिलोमा माघ १७ गतेसम्ममा आवेदन दिन सकिने छ । ८ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्मको लागि दिन सकिने छ ।नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मङ्सिर २० गते ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो ।

अनलाइनबाटै एनआईबिएल सहभागिता फण्डको इकाई खरीद बिक्रि गर्न सकिने

एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) को इकाईहरु स्वचालित विद्युतीय (अनलाइन) कारोबार प्रणालीबाट खरीद बिक्रि गर्न सकिने भएको छ । योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल एस क्यापिटलले मङ्सिर १९ गते आइतबारबाट अनलाइन कारोबार प्रणालीबाट योजनाको इकाई खरीद बिक्रि गर्न सक्ने ब्यबस्था गरेको हो ।यस योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पहुँचलाई इन्टरनेटको माध्यमद्घारा आम लगानीकर्ताहरु माझ सहजै उपलब्ध गराउने उद्देश्यका आवश्यक पूर्वाधार निर्माण गरी अनलाइन कारोबार प्रणाली सुरु गरिएको क्यापिटलले जनाएको छ  ।  https://mutualfund.niblcapital.com/ मार्फत यो सेवा लिन सकिने क्यापिटलले उल्लेख गरेको छ ।