काठमाडौं । फ्लाई दुवईको विमानबाट दुबई जान लागेका ७ जना शनिवार साँझ त्रिभुवन विमानस्थलमा पक्राउ परे । पर्यटक भिषामा विदेश जान लागेका उनीहरु पक्राउ पर्नुको कारण हो, ‘कोरोना परीक्षणको नक्कली पीसीआर रिपोर्ट ।’विमानका कर्मचारीले शंका लागेर जाँच गर्दा उनीहरुको पीसीआर परिक्षण रिपोर्ट नक्कली रहेको भेटियो । पीसीआर रिपोर्ट नक्कली पुष्टि भएपछि विमानस्थलका कर्मचारीले उनीहरुलाई प्रहरीको जिम्मा लगाए ।नक्कली पीसीआर रिपोर्ट देखाएर विमान चढ्न लागेका ७ जनालाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुर