नक्कली पीसीआर रिपोर्ट तयार गर्ने हेल्थ एसिसटेन्टसहित २ जना पक्राउ

चितवन : चितवन प्रहरीले नक्कली पीसीआर रिपोर्ट तयार गर्ने दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देव हस्पिटल प्रालि चौबीसकोठीका हेल्थ एसिसटेन्ट सन्दीप सापकोटा र रत्ननगर नगरपालिका वडा नम्बर ६ बस्ने प्रकाश न्यौपाने रहेका छन्। उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।