नक्कली पीसीआर रिपोर्ट बनाउने गंगालाल अस्पतालका ल्याब इन्चार्ज यादवसहित २ जनाविरुद्द मुद्दा दायर
कोरोनाको नक्कली पीसीआर रिपोर्ट बनाउने शहीद गंगालाल हृदय रोग केन्द्रका ल्याब इन्चार्ज विनोद कुमार यादवसहित दुईजनाविरुद्द काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज बिनोद कुमार यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यादवले नक्कली पीसीआर रिपोर्ट बनाएको पुष्टि भएपछि सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । केन्द्रका तत्कालीन ल्याब इन्चार्ज यादवले पीसीआर टेष्टको रिपोर्ट फेरबदल गरी लामो समयदेखि अनुचित लेनदेन गरेको […]
कोरोना महामारीका क्रममा पीसीआर परीक्षणको नक्कली रिपोर्ट बनाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।