कान्तिपुर र नागरिक सामुदायिक अस्पतालको ल्याबबाट नक्कली पीसीआर रिपोर्ट

काठमाडौँको तीनकुनेमा सञ्चालित कान्तिपुर अस्पताल र भक्तपुरको नागरिक कम्युनिटी टिचिङ अस्पतालको ल्याबले नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको थाहा भएको छ । कोभिड–१९ परीक्षणको पीसीआर रिपोर्ट ‘नक्कली’ बनाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।कान्तिपुर अस्पतालको ल्याबबाट नक्कली पीसीआर रिपोर्ट बनाउने कर्मचारी माधव मैनाली र बिचौलिया नगेन्द्रकुमार यादवलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । नागरिक कम्युनिटी अस्पतालको ल्याबका मेनेजर प्रशन्न