काठमाडौँ – प्रहरीले स्वाब नै नलिई नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका कर्मचारीसहित ४ जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाका अनुसार काठमाडौँको कान्तिपुर अस्पताल र भक्तपुरको मध्यपुर थिमिस्थित नागरिक सामुदायिक टिचिङ अस्पतालका कर्मचारीसहित ४ जनालाई पक्राउ गरिएको हो। कान्तिपुर अस्पतालको परिचयपत्र बोकेका धनुषाको छिरेश्वर नपा १ घर भई हाल गौशाला बस्दै आएका २५ वर्षीय […]