काठमाडौं । काठमाडौंको सीनामंगलमा रहेको सूर्य ल्याबमा प्रहरीले छापा मारेको छ । नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको सुराकका आधारमा सो ल्याबमा छापा मारेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । स्वाब नै नलिइकन सो ल्याबले कोरोना संक्रमण नेगेटिभ भएको रिपोर्ट दिने गरेको भेटिएको छ । ४ जनाको नक्कली पीसीआर रिपोर्ट फेला परेको एसएसपी खापुङले बताए ।स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर ल्याब संचालकमाथि कारवाही गरिने एसएसपी खापुङले बताए ।