नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्जलाई बर्खास्त गरिएको छ । छानबिन समितिको सिफारिसका आधारमा ल्याब इन्चार्ज विनोद कुमार यादवलाई बर्खास्त गरिएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले रातोपाटीलाई बताए । डा. अधिकारीले भने–‘भविष्यमा हृदय केन्द्रका लागी अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरिएको छ ।’ ल्याब इन्चार्ज यादवले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र प्राइभेट ल्याबको नाममा स