चैत २४, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नबिल बैंकको शेयरमूल्य एक वर्ष यताकै न्यून विन्दुमा झरेको छ ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९६९ कायम भएको छ । यो शेयरमूल्य बुधवारको तुलनामा भने ४ रुपैयाँले बढेको हो । बिहीवार कम्पनीको सर्वाधिक रू. ७ करोड ३८ लाख बराबरको शेयर खरीदविक्री भएको छ । यस दिन कम्पनीको प्रतिकित्ता उच्च मूल्य रू. ९७६ पुगेको थियो भने न्यून मूल्य रू. ९६४ सम्म पुगेको थियो ।
एक वर्षको कारोबार अवधिमा कम्पनीको उच्च मूल्य प्रतिकित्ता रू. १ हजार ६५३ सम्म पुगेको थियो । १ हजार ६०० रुपैयाँको वरिपरि शेयर खरीद गरेका लगानीकर्ताले भने बोनस शेयर आउँदा पनि आफ्नो लगानी नउठेको बताएका छन् ।
त्यसोत यो शेयरमूल्यमा लगानीको अवसर हुने दिर्घकालिन लगानीकर्ताहरु बताउँछन् । अघिल्लो हप्ता दोस्रो बजारमा कम्पनीको ४ करोड ६५ लाखभन्दा बढी कित्ता बोनस शेयर थपिएको थियो ।
विगत पाँच वर्षको लाभांश इतिहास :
कम्पनीले विगत पाँच आर्थिक वर्षमा शेयरधनीलाई कुल १२१ दशमलव १ प्रतिशत बोनस शेयर र ६८ दशमलव १६ प्रतिशत नगद लाभांश ( कर समेत) वितरण गरेको छ ।
मैनबत्ती चित्र
६१ दिनको कारोबार अवधिमा अन्तिम कारोबार दिन बिहीवार सेतो लामो पुच्छर टुप्पि भएको सेतो मैनबत्ती आकृती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । विगत १५ दिनदेखि कम्पनीको शेयर मूल्य डाउन ट्रेण्डमा रहेकाले अव खरीदकर्ता आउने देखिन्छ ।
आरएसआई
६१ दिनको कारोबार अवधिमा आरएसआई २६ दशलमव ६२ बिन्दुमा रहेको छ । यो ओभरसोल्ड जोनमा रहेको छ । यस्तो अवस्थामा विक्री चाप रहेको देखिन्छ ।
स्ट्याण्र्ड डेभिएसन : १३ दशमलव ४९ विन्दुमा रहेको छ । यस्तो अवस्थामा उतारचढाव न्यून रहेको देखाउँछ । कम जोखिम युक्त र पूर्वानुमान गर्न सजिलो छ । लाभ पनि न्यून हुन सक्छ ।
मुभिङ एभरेज : ७ दिने रेखाले २६ दिने रेखालाई माथिबाट काटेर तल आएको छ । यसले कम्पनीको शेयरमूल्य अझै घट्ने सम्भावन रहेको देखाउँछ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९६९ देखि सस्तिएमा रू. ९६५ मा टेवा पाउने र मंहगिएमा रू. ९९७ मा प्रतिरोध पाउने देखिन्छ ।
( यद्धपि हामीले उपलब्ध तथ्याङ्कको अधारमा गरेको विश्लेषण आफैमा पूर्ण होइन, लगानीकर्ताले लगानी गर्नु पूर्व कम्पनीको समग्र आधारभुत पक्ष र प्राविधिक पक्ष हेर्नु आवश्यक रहेको छ ।