नबिल बैंकको सभाले पारित गर्‍यो युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव

असार ५, काठमाडौं । नबिल बैंकको विशेष साधारण सभाले युनाइटेड फाइनान्सलाई प्राप्ति(एक्विजेशन) )गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । भर्चुअल माध्यमबाट आयोजित सभाले युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मूल्य अनुपात १०० : ३५ लाई स्वीकृति प्रदान गरेको छ । जसअनुसार युनाइटेड फाइनान्सका शेयरधनीहरुले युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ३५ कित्ता शेयर प्राप्त गर्नेछन् । युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पछि नबिल बैंकको चुक्तापूँजी १३ अर्ब ८४ करोड  रुपैयाँ पुग्नेछ भने कुल पूँजीकोष ३२ अर्ब ६८ करोड रुपैयाँ हुनेछ । साथै, नबिल बैंकको शाखा सञ्जाल वृद्धि भएर १४७ ओटा हुनेछ ।