पुस १६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार ५ ओटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले नबिल बैंक, कृषि विकास बैंक, फरवार्ड लघुवित्त वित्तीय संस्था, गुडवील फाइनान्स र हिमालयन डिष्टिलरी लिमिटेडको मूल्य समायोजन गरेको हो । यी ५ ओटै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शुक्रवार बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले कृषि विकास बैंकको २० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य रू. ४१० तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिनको अन्तिम शेयर मूल्य रू. ४९२ आधारमा शेयर मूल्य समायोजन भएको हो ।
त्यसैगरी, फरवार्ड लघुवित्त वित्तीय संस्थाको ३५ प्रतिशत बोनस शेयरको समायोजनपछि नेप्सेले शेयरमूल्य रू. १ हजार ९६२ दशमलव ९६ तोकेको छ । कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्य रू. २ हजार ६५० को आधारमा मूल्य समायोजन भएको हो ।
त्यस्तै, गुडवील फाइनान्सको ९ दशमलव १० प्रतिशत बोनस शेयरको समायोजन पछि नेप्सेले शेयर मूल्य रू. ५३३ दशमलव ४६ तोकेको छ । कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्य रू. ५८२ को आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।
हिमालयन डिष्टिलरी लिमिटेडको ७५ प्रतिशत बोनस शेयरको समायोजनपछि नेप्सेले शेयरमूल्य रू.३ हजार ९२५ दशमलव ७१ तोकेको छ । कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्य रू. ६ हजार ८७० को आधारमा मूल्य समायोजन भएको छ ।
त्यसैगरी नबिल बैंकको ३३ दशलमव ६० प्रतिशत बोनस शेयरको समायोजनपछि नेप्सेले शेयरमूल्य रू. १ हजार ८५ तोेकेको छ । कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्य रू. १ हजार ४५० को आधारमा समायोजन भएको हो ।