नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने प्रस्ताव नबिल बैंकको विशेष साधारणसभाबाट पारित

नबिल बैंकको विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई एक्विजेशन (प्राप्ति) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । आज सम्पन्न साधारणसभाले नेपाल बङ्गलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मूल्य अनुपात १००ः४३ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ ।  जसअनुसार नेपाल बङ्गलादेश बैंकका शेयरधनीहरुले नेपाल बङ्गलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त गर्ने बैंकले जारी ग