फागुनमा हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार, १ अर्ब २६ करोडको शेयर किनबेच

काठमाडौं । फागुनमा जम्मा १७ कारोबार दिन मात्र धितोपत्र दोस्रो बजार सञ्चालन भएको छ । साताको पाँच कारोबार दिन सञ्चालन हुने धितोपत्र दोस्रो बजार फागुनमा सार्वजनिक बिदा बढी परेकाले कम कारोबार दिन मात्र सञ्चालनमा आएको थियो ।  माघ मसान्तसम्मको तुलनामा समग्र धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १६८ दशमलव ८१ अंक घटेको छ । माघ मसान्तसम्म २ हजार १२१ दशमलव ८७ विन्दुमा रहेको नेप्से परिसूचक फागुन मसान्तसम्म १ हजार ९५३ दशमलव शून्य ६ विन्दुमा झरेको थियो । फागुन महीनाको १७ दिनको कारोबारमा नेप्से परिसूचक पाँच कारोबार दिन मात्र बढेको देखिन्छ । घटेको बजारमा यो महीना हिमालयन डिष्टिलरी लिमिटेडको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यो कम्पनीको रू. १ अर्ब २६ करोड ७३ लाख बराबरको ५ लाख ५५ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको फागुनमा हिमालयन डिष्टिलरीको शेयर मूल्य भने प्रतिकित्ता रू. ५३९ ले घटेको देखिन्छ । माघ मसान्तसम्म रू. २ हजार ६०५ रहेको हिमालयन डिष्टिलरीको शेयर मूल्य फागुन मसान्तसम्म भने प्रतिकित्ता रू. २ हजार ६६ मा झरेको हो । मूल्यमा आएको कमिलाई आधार मान्दा हिमालयन डिष्टिलरीको शेयरमा फागुनमा विक्री चाप बढी देखिएको छ ।  हिमालयन डिष्टिलरीपछि सर्वाधिक रकमको कारोबार हुने दोस्रो कम्पनीमा एनआईसी एशिया बैंक रहेको छ । अघिल्लो दुई आर्थिक वर्ष लगानीकर्तालाई लाभांश नदिई हात खाली बनाएको एनआईसी एशिया बैंकको फागुनमा मात्र रू. ८४ करोड २० लाखभन्दा बढीको शेयर कारोबार भएको छ । बैंकको उक्त रकम बराबरको १० लाख ५१ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो । माघ मसान्तसम्मको तुलनामा एनआईसी एशिया बैंकको शेयर मूल्य प्रतिकित्ता रू. ५५ दशमलव ९० ले घटेको छ । माघ मसान्तसम्म प्रतिकित्ता रू. ८२० दशमलव ९० रहेको बैंकको शेयर मूल्य फागुन मसान्तसम्म भने प्रतिकित्ता रू. ७६४ मा झरेको हो ।  फागुनमा सर्वाधिक रकमको कारोबार गर्ने दश कम्पनीभित्र हिमालयन डिष्टिलरी र एनआईसी एशिया बैंकसँगै शिवम् सिमेन्ट, नबिल बैंक, ङादी ग्रुप पावर, अपि पावर, अपर तामाकोशी, युनिभर्सल पावर, छिमेक लघुवित्त र अरुण भ्याली हाइड्रोपावर रहेको छ । सर्वाधिक कारोबार गर्ने दश कम्पनीमध्ये जलविद्युत् कम्पनीहरूकै वर्चश्व देखिन्छ । धितोपत्र दोस्रो बजारमा हाल ६७ जलविद्युत् कम्पनीहरू सूचीकृत छन् ।  जलविद्युत कम्पनीहरूले पछिल्लो समय कर्जा तिर्नकै लागि हकप्रद जारी गर्न पाउने व्यवस्था लागू भएसँगै हकप्रद शेयरलाई प्राथमिकतामा राखेर अघि बढेको अवस्था छ । करिब एक दर्जन जलविद्युत् कम्पनीले हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् । कम्पनीको लाभांश र हकप्रद शेयरमा लगानीकर्ताको लगाब सधैं रहेको देखिन्छ । दैनिक धितोपत्रमा देखिएको उतारचढावसँगै लगानीकर्ताहरूले कम्पनीहरूले सार्वजनिक गरेको लाभांश र हकप्रदका लागि पनि धितोपत्र खरीद गर्ने गर्दछन् । जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढ्नुको पछि भने हकप्रद शेयर निष्कासन प्रक्रियालाई नै जानकारीहरूले कारण बनाएका छन् । धेरैजसो जलविद्युत्को शेयर मूल्य अन्य क्षेत्रका कम्पनीको तुलनामा कम रहेकाले पनि लगानीकर्ता यस क्षेत्रको शेयरप्रति आकर्षित भएको हुन सक्ने अनुमान जानकारहरूको छ ।  फागुनमा सर्वाधिक कारोबार गर्ने १० कम्पनी

सम्बन्धित सामग्री

सेयर बजारमा गिरावट कायमै : १ अर्ब ३८ करोडको कारोबार

काठमाडौँ । बिहीबार सेयर बजारमा १.०८ अंकको गिरावट आएको छ । पछिल्लो एक साता बजार निरन्तर ओरालो यात्रामा छ । बजार घट्दा कारोबार रकम समेत खुम्चिएको छ । बिहीबार कुल २२५ कम्पनीको २९ हजार १६२ हजार वटा कारोबारबाट ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ३८ करोड […]

नेप्सेमा ११ अंकको सुधार, १ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.६८ अंकले बढेको छ । हिजो ७७ अंकले बजार घटेको बजार आज दोहोरो अंकले सुधारिएको हो । यसक्रममा आज १ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।सेयर बजार ११ अंकले बढेपछि नेप्से परिसूचक १ हजार ९२७ अंकमा पुगेर बन्द भएको छ । आज बजार परिसूचक ०.६१ प्रतिशतले सुधारिएको छ । यसैगरी, आज सेन्सेटिभ समूह २.०९ अंकले बढेर ३६८ अंकमा पुगेको छ । आज यसक्रममा ४९ लाख कित्ता सेयर किनबेच भएर १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बजार दोहोरो अंकले सुधारिएको दिन आज सप्तकोस

शेयर बजारमा पुनः दोहोरो अंकको गिरावट

बुधबारको तुलनामा कारोबार रकममा भने वृद्धि भएको छ । बुधबार १ अर्ब घटिको कारोबार भएकोमा बिहीबार भने २ सय ३७ कम्पनीका ५० लाख ८ हजार ७ सय ७१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५० अर्बको कारोबार भयो ।

शेयर बजारमा उच्च अंकको गिरावट

नेप्से घटेसँगै कारोबार रकममा पनि उत्साह आउन सकेको छैन । यसदिन २३० कम्पनीका ६१ लाख ८६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा ३५ अंकको गिरावट, १ अर्ब ३१ करोडको मात्र कारोबार

मंगलबार सेयर बजार सूचक नेप्सेमा ३५ अंकमाथिको गिरावट आएको छ । बजार खुलेदेखि नै निरन्तर घट्दो दरमा रहेको नेप्से सूचक अन्तिसमयसम्म आइपुग्दा ३५.५३ अंकले घट्दै २१ सय ३७.९२ विन्दुमा रोकिन पुगेको हो ।अघिल्लो दिन ५० अंकमाथिले घट्दै नेप्से सूचक २१ सय ७६ विन्दुमा झरेको थियो । यस दिन समग्र सूचकमा ३५ अंकको गिरावट आउँदै गर्दा कारोबार रकम समेत १ अर्ब ३१ अर्बमा सीमित हुन पुगेको छ । कुल २२९ कम्पनीका झण्डै ३७ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा आज जम्मा १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।

सेयर बजार १२ अंकले बढ्यो, १ अर्ब ३९ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजपनि दोहोरो अंकको सुधार आएको छ । पछिल्लो समय निरन्तर घट्दै आएपनि नेप्से परिसूचक हिजो आइतबार १७ अंकले र आज सोमबार १२ अंकले बढेको हो । पछिल्लो समय निरन्तर घट्दै आएको सेयर बजार पछिल्लो दुई कारोबार दिनमा २९ अंकले बढेको छ । दुई दिनको वृद्धिसँगै नेप्से परिसूचक बढेर २२३८ अंकबाट २२६८ अंकमा पुगेको छ । यस्तै, हिजोको तुलनामा आज कारोबार रकम पनि बढेको छ ।हिजो आइतबार १ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएकामा आज १ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ । जुन, हिजोको तुलनामा ७

शेयर बजारमा उच्च गिरावट जारी

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३२ कम्पनीको ४६ लाख ३२ हजार कित्ता शेयर १ अर्ब ६६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

कुल ३ अर्ब ६८ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौँ । आज (सोमबार) कुल ३ अर्ब ६८ करोड रुपैयाँको सेयर किनबेच भयो । सो कारोबार रकममध्ये हाइड्रोपावर कम्पनीहरुको मात्रै २ अर्ब ८ करोड रुपैयाँको भयो । रकमका आधारमा सोमबार आधाभन्दा बढी अर्थात् ५६.५ प्रतिशत कारोबार हिस्सा जलविद्युत् कम्पनीहरूले मात्रै ओगटेको छ । बाँकी १ अर्ब ६० करोड रुपैयाँ बराबरको बैङ्किङ, बीमा, फाइनान्स, विकास बैङ्क, […]

सेयर कारोबार घटेको घट्यै, ३ अर्ब ३४ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौँ । सेयर कारोबार रकम दिनप्रतिदिन घट्दै गएको छ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) कुल ३ अर्ब ३४ करोड रुपैयाँको सेयर किनबेच भयो । जुन कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै १ अर्ब कमी हो । यसअघि बुधबार ४ अर्ब ३१ करोडको कारोबार भएको थियो । त्यस्तै मंगलबार ५ अर्ब ३९ करोडको कारोबार […]