राष्ट्रपति गोटावाया राजापाक्षेले निवास छाडेर भागेपछि श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिँघेले पनि राजीनामा दिने तयारी गर्नुभएको छ । आज भएको सर्वदलीय बैठकमा उहाँले देशको समस्या समाधानको लागि आफूले राजीनामा दिएर संयुक्त सरकार बनाउन तयार रहेको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपति राजापाक्षेको निवास प्रदर्शनकारीले कब्जा गरेपछि प्रधानमन्त्री विक्रमासिँघेले सर्वदलीय बैठक बोलाउनुभएको थियो ।बैठकमा विपक्षी समागी जन बालवेगया (एसजेबी)ले राष्ट्रपति र प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुपर्ने, सभामुखले ब...