प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा र शीघ्र बहिर्गमनको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । शनिबार बिहान चितवनको पुलचोकमा आधा घण्टासम्म प्रदर्शन गरेको थियो ।प्रदर्शनमा न्यायालयलाई प्रदूषित बनाउन पाइँदैन, सौदाबाजी गर्ने प्रधानन्यायाधीश चाहिँदैन, न्यायालयमा राजनीतिक नियुक्ति बन्द गर, न्यायालयमा भागबण्डा बन्द गर, प्रधानन्यायाधीश : शीघ्र राजीनामा देऊ, प्रधानन्यायाधीशले राजीनामा नदिए महाअभियोग लगाऊ, वर्तमानको आवश्यकता : न्यायालयको शुद्धीकरण, न्यायालय दूषित भो