सर्वोच्च परिसरमा बारको आन्दोलन, रणनीति बनाउन न्यायाधीशहरू छलफलमा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च परिसरमा आन्दोलन गरिरहेको समयमा सर्वोच्चका न्यायाधीशहरूले विकसित पछिल्लो अवस्थाको बारेमा छलफल गरेका छन् । बारले आन्दोलन सशक्त बनाउँदै लगेपछि न्यायाधीशहरू छलफलमा जुटेका हुन् ।  प्रधानन्यायाधीशको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलन गरेको बारले बिहीवार सर्वोच्च अदालत परिसरमा विरोध सभा नै गरेको थियो । आफूहरूको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि बारले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सर्वोच्च परिसरमा बारको आन्दोलन चलिरहेका बेला सर्वोच्चक...