बारको बटमलाइन प्रधानन्यायाधीशको राजीनामा : आन्दोलनबारे थप रणनीति बनाउन भर्चुअल बैठक सुरु

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै २ सातायता आन्दोलनरत नेपाल बार एसोसिएसनले आगामी रणनीति तयार गर्न इकाई बारसँग छलफल थालेको छ । आइतबार देशैभरका ९० वटा इकाई बारका पदाधिकारीसँग छलफल सुरु गरिएको नेपाल बारकी उपाध्यक्ष रक्षा बस्यालले बताइन् । न्यायालय सुधारको माग गर्दै आन्दोलनमा होमिएको नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामाबाट मात्रै न्यायालयको सुधार सम्भव भएको यसअघि नै निष्कर्ष निकालिसकेको छ । गत बुधबारसम्म सर्वोच्च अदालत परिसरमै धर्ना दिएका बारका सदस्यहरु आन्दोलनला