नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा गर्दा उपयुक्त हुने टिप्पणी गरेका छन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै न्यायाधीशहरूले गरेको अवज्ञालाई तमासाको संज्ञा दिए ।
नेकपा एमालेको पालिका अधिवेशन उद्घाटनलाई मंगलवार दिउँसो सम्बोधन गर्दै ओलीले परमादेश जारी गरेर देशलाई यो हालतमा पुर्याउने पाँचै जनाले राजीनामा गरे उपयुक्त हुने टिप्पणी गरेका हुन् । उनले तमासा नदेखा...