प्रधानन्यायाधीशको राजीनामा माग्दै शान्ति समाजको प्रदर्शन

मानवअधिकार तथा शान्ति समाज चितवनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै जुलुस प्रदर्शन गरेको छ । समाजले शनिबार बिहान चितवनको पुलचोकमा आधा घण्टा प्रदर्शन गरेको हो । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रीय सभापति गोबिन्द खनाल लगायत दर्जनौ अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।प्रदर्शनमा न्यायालयलाई प्रदूषित बनाउन पाईंदैन, सौदाबाजी गर्ने प्रधानन्यायाधीश चाहिँदैन, न्यायालयमा राजनीतिक नियुक्ति बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बारले गर्‍यो विरोध प्रदर्शन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीले बिहीवार पनि विरोध प्रदर्शन गरेका छन् ।  बिहीवार सर्वोच्च अदालत बार परिसरमा नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन, विशेष अदालत बार एशोसिएशन लगायतका पदाधिकारी तथा कानून व्यवसायीले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा न्याय सम्पादनका साथै कर्मचारीको वृत्ति विकासमा, न्यायाधीशको सरुव...

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीको प्रदर्शन

२८ पुस, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीले प्रदर्शन गरेका छन् । बुधबार नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीसहित कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनीमा बोल्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले कानून व्यवसायीहरुको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुनका […]

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै मोरङका कानुन व्यवसायीद्वारा प्रदर्शन

मोरङ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै मोरङका कानुन व्यवसायीले प्रदर्शन गरेका छन्। विराटनगरस्थित जिल्ला अदालत मोरङ र उच्च अदालत मोरङमा कानुन व्यवसायीले आइतबार दिउँसो ११ देखि १२ सम्म १ घण्टा काटोपट्टी बाँधेर प्रदर्शन गरेका थिए। पछिल्लो समय जबरा विपक्षमा कानुन व्यवासयीले चौतर्फी विरोध गर्दै आएका छन्। मोरङको न्यायालयमा गरिएको शान्तिपूर्ण विरोधका क्रममा कानुन […]

प्रधानन्यायाधीशको राजीनामा माग्दै बुटवलमा कानुन व्यवसायीको प्रदर्शन

उच्च अदालत बार एसोसिएसन बुटवलको आयोजनामा कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन्।...

प्रधानन्यायाधीशको राजीनामा माग्दै विराटनगरमा धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै मोरङका कानुन व्यवसायी पनि धर्नामा उत्रिएका छन् । उच्च अदालत विराटनगर बार एशोसिएशन र मोरङ जिल्ला अदालत बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायीहरु धर्नामा उत्रिएका हुन् ।विवाद र भ्रष्टाचारमा डुबेको भन्दै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरुले उच्च अदालत र जिल्ला अदालतमा एक घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरे ।उनीहरूले बारको कार्यालय अगाडि भेला भएर बिहान ११ बजेदेखि अदालत परिसरभित्

प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि वकिलहरूको प्रदर्शन जारी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरूले आज (सोमबार) पनि प्रदर्शन गरेका छन् । वकिलहरूले नेपाल बार एशोसिएसनबाट कालो ब्यानरसहित प्रदर्शन सुर गरेका छन् । बारबाट सर्वोच्च अदालत प्राङ्गणमा पुगेर एक घण्टा धर्ना दिने कार्यक्रम रहेको छ । वकिलहरूले तिहारअघिसम्म बारको नेतृत्वमा विरोध कार्यक्रम गरेका थिए । तिहारपछि नयाँ कार्यक्रम घोषणा गर्ने […]

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आज पनि बारको प्रदर्शन जारी

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीले कालोपट्टि बाँधेर प्रदर्शन गरिरहेका छन्। नेपाल बार एसोसिससनको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत र नेपाल बार एसोसियसनको परिसरमा प्रदर्शन गरेका हुन्। बारले आजसम्म दैनिक एक घण्टा कालोपट्टि बाँधेर प्रदर्शन गर्ने आन्दोलन घोषणा गरेको थियोे। बुधबारसम्म पनि प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक […]

प्रधानन्यायाधीशको राजीनामा माग्ने बारको निर्णयविरुद्ध सेतोपट्टी बाँधेर प्रदर्शन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले धर्ना गरिरहेको बेला एउटा समूहले हातमा सेतोपट्टी बाँधेर प्रदर्शन गरेको छ। बारले राखेको राजीनामाको मागमा असहमति जनाउँदै उक्त समूहले प्रधानन्यायाधीशको पक्षमा...

प्रधानन्यायाधीशको राजीनामा माग्दै विवेकशील साझाको प्रदर्शन (तस्बिरहरु)

विवेकशील साझा पार्टीले न्यायपालिकाको स्वतन्त्रता रक्षाको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरुले नेताहरु न्यायालयमा हस्तक्षेप नगर, स्वतन्त्र न्यायपालिकाको सम्मान गर, प्रधानन्यायाधीश राजीनामा देउ लगायतका नारा लेखिएका...