सर्वोच्च अदालतका ४ पूर्वप्रधानन्यायाधीशहरू प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले डाकेको छलफलमा नजाने भएका छन् । समितिले बिहीबार दिउँसो १ बजेका लागि पूर्वप्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई छलफलका लागि बोलाएको थियो ।