चोलेन्द्रको आरोप : पूर्वप्रधानन्यायाधीश ‘रिटायर’ भएपछि न्यायालयमा भाग खोज्छन्

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्वप्रधानन्यायाधीशहरुले न्यायालयमा आफ्नो भाग खोज्ने गरेको बताएका छन् । बुधवार महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा उनले सो कुरा बताएका हुन् । समिति सदस्यहरूले सोधेको प्रश्नहरूको जवाफ दिने क्रममा राणाले पूर्वप्रधानन्यायाधीशले आफ्नो मान्छेलाई न्यायाधीश बनाउन, कर्मचारी सरुवा बढुवाका लागि दबाब दिने गरेको र त्यसो नगरेमा जसरी हुन्छ त्यसरी सिध्याउन खोज्ने प्रवृत्ति रहेको बताए । उनले भने–‘पूर्व प्रन्याले रिटायर भएपछि पनि आफ्नो

सम्बन्धित सामग्री

पूर्वप्रधानन्यायाधीश कार्कीद्वारा फाउन्डेसन उद्घाटन

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले दलहरूप्रति जनताको वितृष्णा बढ्दै गएको आरोप लगाउनुभएको छ । मुलुकको राजनीति प्रति कटाक्ष गर्दै मुलुक परिवर्तन गर्न नयाँ अभियान शुरु हुनुपर्ने उल्लेख गर्नुभयो ।  हिमालय मातृभूमि फाउन्डेसनको  उद्घाटन गर्दै उहाँले मुलुकको शासन प्रणालीलाई परिवर्तन गर्न नयाँ जोस र जागर आवश्यक भएको बताउनुभयो । उहाँले फाउन्डेसनले तयार पारेको सुशासन, विकास र […]

जबराले आरोप लगाएका वकिलहरु समितिको बैठकमा उपस्थित

उनीहरू चोलेन्द्रविरुद्ध बयान दिन बैठकमा उपस्थित भएका हुन्। बयानका क्रममा राणाले पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, बारका नेतालाई विभिन्न आरोप लगाएका थिए।...

चोलेन्द्रलाई पूर्वन्यायाधीश फोरमको चुनौती : आरोप पुष्टि गर्नू

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अभिव्यक्तिप्रति पूर्वन्यायाधीश फोरमले ध्यानकर्षण भएको जनाएको छ। फोरमका अध्यक्ष टोपबहादुर सिंहले विज्ञप्ति जारी गर्दै महाभियोग सिफारिस समितिमा आफूहरूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका हुन्। पूर्वन्यायाधीश फोरमसँग आबद्ध पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधानन्यायाधीशसँग कुनै पनि कुराको भागबण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न विज्ञप्तिमार्फत चुनौती दिएका छन्।

बर्खास्त न्यायाधीश साहको मुद्दाको सक्कल फाइल झिकाउन आदेश

साहमाथि पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी भएको नाताले लामो समय सिटिइभिटीमा कार्यरत रहेको भए पनि पहुँचका आधारमा उच्च अदालतको न्यायाधीश बनाएको आरोप लागेको छ।...

राणाले निकास दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली

काठमाडौं : पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय र न्यायालयको सम्बन्ध अटुट बनाउन प्रधानन्यायाधीशले चोलेन्द्र शमशेर राणाले निकास दिन जरुरी रहेको बताएका छन्।उनले न्यायालय, पद्धति र अदालतको सेवा सु–सञ्चालन गर्नका लागि प्रधानन्यायाधीशले आफूमाथि लागेका आरोप चिरफार नहुँदासम्म इजलासमा बस्न नहुने बताए।पराजुलीले प्रधानन्यायाधीशको कुरा निष्पक्ष छ/छैन भन्ने राजनीतिक दलले बुझ्नुपर्ने र जाँच गरेर हेर्नुपर्ने माग गरे।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई ह

पूर्वप्रधानन्यायाधीश र कानूनविद्को सुझाव- राणाले छोड्नुपर्छ

सरकारमा भाग खोजेर न्यायपालिकाको गरिमामाथि आँच पुर्‍याएको आरोप लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायालयलाई विवादमुक्त बनाउन मार्गप्रशस्त गर्नुपर्ने पूर्वप्रधानन्यायाधीश र कानूनविद्हरूले बताएका छन् ।  प्रधानन्यायाधीशको भूमिकाका कारण अदालत विवादमा परेको र उक्त विवाद निरुपणको एउटै उपाय प्रधानन्यायाधीश राणाले अर्को व्यक्तिका लागि मार्गप्रशस्त गरिदिनुपर्ने उनीहरूले राय व्यक्त गरेका हुन् ।  पूर्व प्रधानन्यायाधीश अनुपराज शर्माले अदालतलाई विवादबाट मुक्त बनाउने काम प्रधानन्यायाधीशको भएकाले उनले नै त्यो भू...