काठमाडौँ – सर्वोच्च अदालतका ४ पूर्वप्रधानन्यायाधीशहरू पनि महाभियोग सिफारिस समितिको बैठकमा नजाने भएका छन् । पूर्वप्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की समितिको बैठकमा जानु उपयुक्त नहुने निश्कर्षमा पुगेका हुन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले समितिसमक्ष बयानका क्रममा नाम लिएका ६ न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले सोधपुछका लागि बोलाएको थियो । […]