३० भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले बयानको क्रममा नाम लिएका चार पूर्वप्रधानन्यायाधीश महाभियोग सिफारिस समितिमा नजाने भएका छन् । उनीहरुले आपसी छलफल गरेर पदीय मर्यादा र स्वतन्त्र न्यायपालिकाको अवधारणा अनुसार समितिको बैठकमा सहभागी हुन नसक्ने निधो गरेका हुन् । समितिको बैठकले बिहीबार पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुलाई सोधपुछका लागि बोलाएको थियो । ‘हामीले यसबारेमा सामान्य […]