काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकालाई लिएर सर्वोच्च अदालतमा विवाद भइरहेको छ। प्रधानन्यायाधीश र न्यायाधीशहरूको विवादका कारणले अदालतको कामकारबाही आइतबारदेखि ठप्प छ।राजनीतिक भागबण्डामा प्रधानन्यायाधीशले भाग खोजेको र न्यायालयको सुधारमा प्रधानन्यायाधीश उदासीन देखिएको आरोप प्रधानन्यायाधीशमाथि लागेको छ।न्यायाधीश आन्दोलनमा छन्, वकिल, नागरिक समाज, पूर्वन्यायाधीश, पूर्वप्रधानन्यायाधीश सबैले राजीनामा मागिरहेका छन् तर प्रधानन्यायाधीश राजीनामाको पक्षमा छैनन्। न्याया