अमेरिकी राष्ट्रपतिको ट्याक्स विवरण सार्वजनिक, गतबर्षको आय ५ लाख ८० हजार, उपराष्ट्रपतिको कति?

आज अमेरिकामा ट्याक्स फाइल गर्ने अन्तिम दिन अमेरिकी राष्ट्रपति जो बाइडेन र पत्नी जिल बाइडेनले यसबर्ष फाइल गरेको ट्याक्स फाइलको विवरण सार्वजनिक गरेका छन् । उनीहरुले मंगलबार यसबारेका विवरणहरु सार्वजनिक गरेका हुन्, जसमा बाइडेन दम्पत्तिको कुल आम्दानी ५ लाख ७९ हजार ५ सय १४ डलर रहेको र कुल कर १ लाख ६९ हजार ८ सय […]

सम्बन्धित सामग्री

मल्टीपर्पस फाइनान्सको नाफामा उल्लेख्य वृद्धि, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा उल्लेख्य वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ४ लाख १८ हजार नाफा कमाएकोमा चालू आवमा वृद्धि भएर रू. ६५ लाख ८० हजार पुगेको हो ।  चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले कम्पनीको नाफामा वृद्धि भएको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. ४९ लाख ६ हजार रहेकोमा चालू आवमा बढेर रू. १ करोड ९५ लाख पुगेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. ५९ करोड ५९ लाख छ । पहिलो त्रैमाससम्ममा कम्पनीले रिर्जभमा रू. ६ करोड २३ लाख र रिटेन्ड अर्निङमा रू. २९ लाख ३३ हजार सञ्चिति गरेको हो । चालू आवमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३७ पैसा रहेकोमा चालू आवमा बढेर ४ रुपैयाँ ४२ पैसा पुगेको छ । त्यस्तै चालू आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ६३ दशमलव ३९ गुणा र प्रतिशेयर नेटवर्थ रू ११० दशमलव ९५ छ ।  कम्पनीको खराब कर्जा भने गत आवको तुलनामा चालू आवमा केही बढेको छ । गत आवमा कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव २२ प्रतिशत रहेकोमा चालू आवमा बढेर १ दशलमव २२ प्रतिशत पुगेको हो ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

निष्क्रिय कर्जा बढेसँगै स्वस्तिक लघुवित्तको नाफा प्रभावित, यस्ता छन् अन्य सूचक

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको तुलनामा ४९ दशमलव ९३ प्रतिशत घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. ६९ लाख ८० हजार नाफा कमाएकोमा गत आवमा घटेर रू. ३४ लाख ९५ हजारमा झरेको हो । गत आवमा कम्पनी निष्क्रिय कर्जा बढेसँगै नाफा प्रभावित भएको हो । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव २६ प्रतिशत रहेकोमा गत आवमा बढेर ३ दशमलव ४९ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउँदा सञ्चालन नाफा रू. ७९ लाख ४५ हजार ऋणात्मक रहेको छ । यस कारण पनि खुद नाफा घटेको हो । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ३० प्रतिशत घटेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. ३ करोड ४६ लाख छ । त्यस्तै कम्पनीले जगेडामा रू. २ करोड ३५ लाख सञ्चिति गरेको छ । साथै कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा पनि छ । कम्पनीले अधिकृत पूँजीको ४० प्रतिशतले हुन आउने आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो । यसका लागि कम्पनीले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

सानिमा म्युचुअलका तीन ओटै फण्डको न्याभ बढ्यो, कसको कति ?

काठमाडौं । सानिमा म्युचुअल फण्ड (Sanima Mutual Fund)अन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्ड (Sanima Growth Fund), सानिमा लार्ज क्याप फण्ड  (Sanima Large Cap Fund) र सानिमा इक्वीटी फण्ड (Sanima Equity Fund) ले चैत मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार यी तीनओटै फण्डको न्याभ (NAV) फागुन मसान्तको तुलनामा चैत मसान्तमा बढेको छ ।  सानिमा लार्ज क्याप फण्डको न्याभ फागुन मसान्तमा ९ रूपैयाँ १२ पैसा रहेकोमा चैत मसान्तसम्म ९ रूपैयाँ १८ पैसा पुगेको हो । त्यस्तै सानिमा ग्रोथ फण्डको न्याभ फागुन मसान्तमा ९ रूपैयाँ ८७ पैसा रहेकोमा चैत मसान्तमा ९ रूपैयाँ ९६ पैसा पुगेको हो । त्यस्तैगरी सानिमा इक्वीटी फण्डको न्याभ फागुन मसान्तमा १२ रूपैयाँ १४ पैसा रहेकोमा चैत मसान्तसम्म १२ रूपैयाँ २५ पैसा पुगेको छ । यी फण्डहरूको नाफासँगै आम्दानीमा सुधार आएको छ ।  सानिमा ग्रोथ फण्ड चैत मसान्तसम्म रू. २४ लाख नोक्सानीमा रहेको छ । फागुन मसान्तमा पनि फण्ड रू. ८७ लाख नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी केही घटेको छ । आम्दानीमा सुधार आएसँगै नोक्सानी घटेको हो । फागुन मसान्तमा फण्डको आम्दानी रू. २ लाख ४५ हजार  ऋणात्मक रहेकोमा चैत मसान्तमा रू. ६९ लाख ४९ हजार धनात्मक रहेको छ । फण्डले चैत मसान्तसम्म सूचीकत शेयरमा रू. १२ करोड ७७ लाख लगानी गरेको छ । सानिमा लार्ज क्याप फण्डको नाफा फागुन महीनाको तुलनामा चैत महीनामा २५ प्रतिशत वृद्धि भएको छ । फण्डले फागुन मसान्तसम्म रू. २ करोड ७५ लाख नाफा कमाएकोमा चैत मसान्तमा रू. ३ करोड ४६ लाख पुगेको हो । चैत महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । फण्डले चैत मसान्तसम्म सूचीकृत शेयरमा रू. ६२ करोड ७८ लाख लगानी गरेको छ ।  सानिमा इक्वीटी फण्डले फागुन मसान्तसम्म रू. ८१ लाख ८० हजार नोक्सानीमा रहेकोमा चैत मसान्तमा सुधारिएर रू. ६३ लाख ९५ हजार धनात्मक भएको छ । चैत महीनामा फण्डको आम्दानी बढेको छ । फागुन मसान्तसम्म यस फण्डले रू. १ करोड २७ लाख नाफा कमाएकोमा चैत मसान्तसम्म रू. २ करोड ९८ लाख पुगेको छ । फण्डले चैत मसान्तसम्म सूचीकृत शेयरमा रू. १ अर्ब ३ करोडभन्दा बढी लगानी गरेको छ ।   सानिमा ग्रोथ फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

फागुन मसान्तसम्म सानिमा इक्वीटी फण्ड रू. ८१ लाख नोक्सानीमा, न्याभ कति ?

काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्डले फागुन मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार फण्डले फागुन महीनामा नोक्सानी व्यहोरेको छ । फण्डले फागुन मसान्तसम्ममा रू. ८१ लाख ८० हजार नोक्सानी व्यहोरेको हो । माघ मसान्तसम्म भने फण्डले रू. १० करोड ६१ लाख नाफा कमाएको थियो । फागुन महीनामा फण्डको खर्चमा वृद्धि भई आम्दानी घटेकाले नोक्सानीमा गएको हो । माघ मसान्तसम्म फण्डको जम्मा खर्च रू. १ करोड ८४ लाख रहेकोमा फागुन मसान्तसम्ममा बढेर रू. २ करोड ८ लाख पुगेको हो । त्यस्तै फण्डको जम्मा आम्दानी माघ मसान्तसम्ममा रू. १२ करोड ४६ लाख रहेकोमा फागुन मसान्तसम्ममा घटेर रू. १ करोड २७ लाखमा झरेको छ ।  त्यस्तै फण्डको न्याभ पनि माघ महीनाको तुलनामा फागुन महीनामा घटेको छ । माघ मसान्तमा फण्डको न्याभ रू. १३ दशमलव ०२ रहेकोमा फागुन मसान्तमा घटेर रू. १२ दशमलव १४ मा कायम भएको हो । त्यस्तै फण्डको फागुन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब ४ करोडभन्दा बढी लगानी गरेको गरेको छ । यो लगानी माघ मसान्तसम्म रू. १ अर्ब १२ करोड थियो ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

खप्तड लघुवित्तको घट्यो नाफा, कारण छ यस्तो

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७८ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. २१ लख ८० हजार नाफा कमाएकोमा चालू आवमा रू. ४ लाख ७२ हजारमा झरेको हो । चालू आवमा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउँदा नाफा प्रभावित भएको हो । कम्पनीले गत आवमा सम्भावित जोखिम बापतको व्यवस्थामा रकम छुट्याएको थिएन भने चालू आवमा रू. ११ लाख ९ हजार छुट्याएको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा ८९ प्रतिशत घटेको छ ।  त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ६४ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ४६ लाख ६१ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ७६ लाख ४४ हजार पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. ४ करोड रहेको छ भने जगेडामा रू. १८ लाख ९१ हजार सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशलमव १८ (वार्षिक), तरलता अनुपात ४४ दशमलव ८८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १०४ दशमलव ७३ रहेको छ ।

आईपीओ निष्कासनको तयारीमा रहेको मानुषी लघुवित्तले उठायो २ करोड ३३ लाख खराब कर्जा

साउन १०, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमासमा रू. २ करोड ३३ लाख खराब कर्जा संकलन गरेको छ । कम्पनीले अघिल्लो आवको चौथो त्रैमासमा रू. ४६ लाख ९४ हजार खराब कर्जा उठाएको थियो ।  नाफा भने अघिल्लो आवको तुलनामा गत आवमा ९२ प्रतिशतले कमि आएको छ ।  अघिल्लो आवमा रू. १ करोड २१ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा गत आवमा भने रू. ४ लाख ७९ हजारमा सीमित भएको हो । कम्पनीले सम्भावित जोखिम वापतको व्यवस्थामा रू. ४ करोड ५१ लाख छुट्याएको छ ।सोही कारण सञ्चालन नाफा ऋणात्मक भई नाफा घटेको हो । कम्पनीले अघिल्लो आवमा सम्भावित जोखिम वापतको व्यवस्थामा रू. ६९ लाख २२ हजार छट्याएको थियो । कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले ३ लाख ९३ हजार कित्ता ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती समेत पाइसकेको छ । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  चुक्तापूँजी रू. ७ करोड रहेको कम्पनीले जगेडामा रू.२ करोड ६५ लाख सञ्चित गरेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. २५ करोड ६६ लाख ८० हजार सापटि लिएर, रू. ५५ करोड २३ लाख ९ हजार निक्षेपक संकलन गरेर रू. ७९ करोड ३७ लाख २२ हजार कर्जा लगानी गरेको छ ।  त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी  अघिल्लो आवको तुलनामा गत आवमा २४ दशमलव ९१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा रू. ५ करोड ८३ लाख खुद ब्याज आम्दानी गरेको उक्त कम्पनीले गत आवमा वृद्धि गरेर रू. ७ करोड २८ लाख ४५ हजार पुर्‍याएको छ ।

कोरोना नियन्त्रणमा १२ अर्ब खर्च

कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रण, रोकथाम र उपचारमा लगभग १२ अर्ब रुपैया खर्च भएको विवरण सार्वजनिक भएको छ । संघ, प्रदेश, स्थानिय तह र विभिन्न अस्पतालले गरेको साउनसम्मको खर्च ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार रुपैयाँ रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्यासहित रक्षा, गृह, परराष्ट्र र सहरी […]

कोरोना नियन्त्रणमा १२ अर्ब खर्च

कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रण, रोकथाम र उपचारमा लगभग १२ अर्ब रुपैया खर्च भएको विवरण सार्वजनिक भएको छ । संघ, प्रदेश, स्थानिय तह र विभिन्न अस्पतालले गरेको साउनसम्मको खर्च ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार रुपैयाँ रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्यासहित रक्षा, गृह, परराष्ट्र र सहरी विकास मन्त्रालयमार्पmत रोकथाम, नियन्त्रण र उपचारमा सो रकम खर्च भएको जनाइएको छ ।