काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्डले फागुन मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार फण्डले फागुन महीनामा नोक्सानी व्यहोरेको छ । फण्डले फागुन मसान्तसम्ममा रू. ८१ लाख ८० हजार नोक्सानी व्यहोरेको हो । माघ मसान्तसम्म भने फण्डले रू. १० करोड ६१ लाख नाफा कमाएको थियो । फागुन महीनामा फण्डको खर्चमा वृद्धि भई आम्दानी घटेकाले नोक्सानीमा गएको हो ।
माघ मसान्तसम्म फण्डको जम्मा खर्च रू. १ करोड ८४ लाख रहेकोमा फागुन मसान्तसम्ममा बढेर रू. २ करोड ८ लाख पुगेको हो । त्यस्तै फण्डको जम्मा आम्दानी माघ मसान्तसम्ममा रू. १२ करोड ४६ लाख रहेकोमा फागुन मसान्तसम्ममा घटेर रू. १ करोड २७ लाखमा झरेको छ ।
त्यस्तै फण्डको न्याभ पनि माघ महीनाको तुलनामा फागुन महीनामा घटेको छ । माघ मसान्तमा फण्डको न्याभ रू. १३ दशमलव ०२ रहेकोमा फागुन मसान्तमा घटेर रू. १२ दशमलव १४ मा कायम भएको हो ।
त्यस्तै फण्डको फागुन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब ४ करोडभन्दा बढी लगानी गरेको गरेको छ । यो लगानी माघ मसान्तसम्म रू. १ अर्ब १२ करोड थियो ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला