माघ १२, काठमाडौं । सिद्धार्थ म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम - २ ले बुधवार पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले पुस मसान्तसम्ममा रू. १ करोड ७२ लाख ८० हजार नाफा कमाएको हो । मंसिर मसान्तसम्ममा उक्त फण्ड रू. १६ करोड १८ लाख ६१ हजार नोक्सानीमा थियो ।
पुस मसान्तसम्ममा रू. ३ करोड ३८ लाख आम्दानी गर्न सफल भएकाले फण्ड नाफामा गएको हो । त्यसैगरी फण्डको एनएभीमा पनि वृद्धि भएको छ । मंसिर मसान्तसम्ममा फण्डको एनएभी रू. १२ दशमलव ६० रहेकोमा पुस मसान्तसम्ममा बढेर रू. १४ दशमलव ८५ पुगेको छ । साथै फण्डको सूचीकृत शेयरमा लगानी पनि बढेको छ ।
मंसिर मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब २३ करोड ५४ लाख लगानी गरेको उक्त फण्डको पुस मसान्तसम्ममा वृद्धि भएर रू. १ अर्ब ४८ करोड ४३ लाख पुगेको छ । पुस मसान्तसम्ममा फण्डले लगानी गरेका कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएसँगै समग्र सूचीकृत शेयरमा लगानी बढेको हो ।