काठमाडौं । सानिमा म्युचुअल फण्ड (Sanima Mutual Fund)अन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्ड (Sanima Growth Fund), सानिमा लार्ज क्याप फण्ड (Sanima Large Cap Fund) र सानिमा इक्वीटी फण्ड (Sanima Equity Fund) ले चैत मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार यी तीनओटै फण्डको न्याभ (NAV) फागुन मसान्तको तुलनामा चैत मसान्तमा बढेको छ ।
सानिमा लार्ज क्याप फण्डको न्याभ फागुन मसान्तमा ९ रूपैयाँ १२ पैसा रहेकोमा चैत मसान्तसम्म ९ रूपैयाँ १८ पैसा पुगेको हो । त्यस्तै सानिमा ग्रोथ फण्डको न्याभ फागुन मसान्तमा ९ रूपैयाँ ८७ पैसा रहेकोमा चैत मसान्तमा ९ रूपैयाँ ९६ पैसा पुगेको हो ।
त्यस्तैगरी सानिमा इक्वीटी फण्डको न्याभ फागुन मसान्तमा १२ रूपैयाँ १४ पैसा रहेकोमा चैत मसान्तसम्म १२ रूपैयाँ २५ पैसा पुगेको छ । यी फण्डहरूको नाफासँगै आम्दानीमा सुधार आएको छ ।
सानिमा ग्रोथ फण्ड चैत मसान्तसम्म रू. २४ लाख नोक्सानीमा रहेको छ । फागुन मसान्तमा पनि फण्ड रू. ८७ लाख नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी केही घटेको छ । आम्दानीमा सुधार आएसँगै नोक्सानी घटेको हो ।
फागुन मसान्तमा फण्डको आम्दानी रू. २ लाख ४५ हजार ऋणात्मक रहेकोमा चैत मसान्तमा रू. ६९ लाख ४९ हजार धनात्मक रहेको छ । फण्डले चैत मसान्तसम्म सूचीकत शेयरमा रू. १२ करोड ७७ लाख लगानी गरेको छ । सानिमा लार्ज क्याप फण्डको नाफा फागुन महीनाको तुलनामा चैत महीनामा २५ प्रतिशत वृद्धि भएको छ ।
फण्डले फागुन मसान्तसम्म रू. २ करोड ७५ लाख नाफा कमाएकोमा चैत मसान्तमा रू. ३ करोड ४६ लाख पुगेको हो । चैत महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । फण्डले चैत मसान्तसम्म सूचीकृत शेयरमा रू. ६२ करोड ७८ लाख लगानी गरेको छ ।
सानिमा इक्वीटी फण्डले फागुन मसान्तसम्म रू. ८१ लाख ८० हजार नोक्सानीमा रहेकोमा चैत मसान्तमा सुधारिएर रू. ६३ लाख ९५ हजार धनात्मक भएको छ । चैत महीनामा फण्डको आम्दानी बढेको छ ।
फागुन मसान्तसम्म यस फण्डले रू. १ करोड २७ लाख नाफा कमाएकोमा चैत मसान्तसम्म रू. २ करोड ९८ लाख पुगेको छ । फण्डले चैत मसान्तसम्म सूचीकृत शेयरमा रू. १ अर्ब ३ करोडभन्दा बढी लगानी गरेको छ ।
सानिमा ग्रोथ फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला