मल्टीपर्पस फाइनान्सको नाफामा उल्लेख्य वृद्धि, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा उल्लेख्य वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ४ लाख १८ हजार नाफा कमाएकोमा चालू आवमा वृद्धि भएर रू. ६५ लाख ८० हजार पुगेको हो ।  चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले कम्पनीको नाफामा वृद्धि भएको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. ४९ लाख ६ हजार रहेकोमा चालू आवमा बढेर रू. १ करोड ९५ लाख पुगेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. ५९ करोड ५९ लाख छ । पहिलो त्रैमाससम्ममा कम्पनीले रिर्जभमा रू. ६ करोड २३ लाख र रिटेन्ड अर्निङमा रू. २९ लाख ३३ हजार सञ्चिति गरेको हो । चालू आवमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३७ पैसा रहेकोमा चालू आवमा बढेर ४ रुपैयाँ ४२ पैसा पुगेको छ । त्यस्तै चालू आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ६३ दशमलव ३९ गुणा र प्रतिशेयर नेटवर्थ रू ११० दशमलव ९५ छ ।  कम्पनीको खराब कर्जा भने गत आवको तुलनामा चालू आवमा केही बढेको छ । गत आवमा कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव २२ प्रतिशत रहेकोमा चालू आवमा बढेर १ दशलमव २२ प्रतिशत पुगेको हो ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

कुमारी म्युचुअल फण्डका तीनओटै फण्डको न्याभ बढ्यो, अन्य सूचक कति ?

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड, कुमारी सुनौलो लगानी योजना र कुमारी धनवृद्धि योजनाले जेठको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार तीनओटै फण्डको न्याभ वैशाखको तुलनामा जेठमा वृद्धि भएको छ । कुमारी इक्वीटी फण्डको न्याभ वैशाख मसान्तमा १० रुपैयाँ १ पैसा रहेकोमा जेठ मसान्तमा बढेर १० रुपैयाँ ७२ पैसा पुगेको छ । त्यस्तै कुमारी सुनौलो लगानी योजनाको न्याभ वैशाख मसान्तमा ९ रुपैयाँ ८३ पैसा रहेकोमा जेठ मसान्तमा बढेर १० रुपैयाँ ४३ पैसा पुगेको छ ।  कुमारी धनवृद्धि योजनाको न्याभ जेठ मसान्तमा १० रुपैयाँ ८५ पैसा पुगेको छ । यस फण्डको न्याभ वैशाख मसान्तमा १० रुपैयाँ २३ पैसा थियो । यस फण्डको न्याभसँगै नाफामा पनि उल्लेख्य वृद्धि भएको छ । फण्डले वैशाख मसान्तसम्ममा रू. ३ करोड ४ लाख नाफा कमाएकोमा जेठ मसान्तमा बढेर रू. १० करोड ६६ लाख पुगेको हो । जेठमा फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । वैशाख मसान्तमा फण्डको जम्मा आम्दानी रू. ४ करोड ९२ लाख रहेकोमा जेठ मसान्तमा बढेर रू. १२ करोड ७६ लाख पुगेको हो । त्यस्तै यस फण्डले जेठ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ६७ करोड ७२ लाखभन्दा बढी लगानी गरेको छ ।  त्यस्तै कुमारी सुनौलो लगानी योजना वैशाख मसान्तमा रू. ६२ लाख ३३ हजार नोक्सानीमा रहेकोमा जेठ मसान्तमा भने रू. १ करोड ५९ लाख नाफा गर्न सफल भएको छ । जेठ मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. १९ करोड ३४ लाख लगानी गरेको छ । यो लगानी वैशाख मसान्तमा रू. १० करोड ७७ लाख थियो । यस आधारमा फण्डले वैशाखको तुलनामा जेठमा सूचीकृत शेयरमा लगानी बढाएको छ ।  कुमारी इक्वीटी फण्डले जेठ मसान्तसम्ममा रू. ३ करोड ८५ लाख नाफा कमाएको छ । यो फण्ड वैशाख मसान्तसम्ममा भने रू. ३ करोड २५ लाख नाफामा थियो । यस फण्डले पनि सूचीकृत शेयरमा लगानी वैशाखको तुलनामा जेठमा बढाएको छ । फण्डले वैशाख मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ५८ करोड ४६ लाख लगानी गरेकोमा जेठ मसान्तमा रू. ६८ करोड ३० लाख लगानी गरेको हो ।  कुमारी इक्वीटी फण्डको सूचना हेर्न यहाँ क्लिक गर्नुहोला कुमारी सुनौलो योजनाको सूचना हेर्न यहाँ क्लिक गर्नुहोला कुमारी धनवृद्धि योजनाको सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

सोल्टी होटलको नाफामा उल्लेख्य वृद्धि, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । सोल्टी होटल लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार होटलको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २४१ प्रतिशत वृद्धि भएको छ । होटलले गत आवमा रू. १० करोड ८५ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. ३७ करोड ११ लाख पुगेको हो । चालू आवमा होटलको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा चालू आवमा होटलको आम्दानी १०२ प्रतिशत वृद्धि भएको छ । गत आवमा होटलको आम्दानी रू. ७४ करोड ३८ लाख रहेकोमा चालू आवमा बढेर रू. १ अर्ब ५० करोडभन्दा माथि पुगेको छ ।  चुक्तापूँजी रू. ८८ करोड ४७ लाख रहेको होटलले जगेडामा रू. १ अर्ब ३ करोडभन्दा बढी सञ्चित गरेको छ । नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा होटलको प्रतिशेयर आम्दानी १ रुपैयाँ २९ पैसा रहेकोमा चालू आवमा बढेर ४ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात ५८ दशमलव ६१ गुणा र प्रतिशेयर नेटवर्थ रू. २१ दशमलव ७१ रहेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस

पर्यटन व्यवसायमा सुधारसँगै होटल तथा पर्यटन समूहका कम्पनीको बढ्यो नाफा

काठमाडौं । पछिल्लो समय पर्यटन व्यवसायमा सुधार आएसँगै नेप्सेमा सूचीकृत होटल तथा पर्यटन समूहका कम्पनीको नाफा उल्लेख्य रूपमा वृद्धि भएको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण शिथिल भएको पर्यटन क्षेत्र बिस्तारै पुरानै अवस्थामा फर्किन थालेको छ । नेपाल भ्रमणमा आउने पर्यटकहरूको संख्या वृद्धि भएकाले गत वर्ष नोक्सानीमा रहेका होटलहरू यस आवमा नाफामा गएका छन् ।  नेपाल स्टक एक्सचेन्जमा तीन ओटा होटल र टुरिजम समूहको चन्द्रागिरी हिल्स सूचीकृत छन् । यी चार ओटै कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यी कम्पनीहरूमध्ये सबैभन्दा बढी नाफा सोल्टी होटल लिमिटेडको रहेको छ । यस होटलले चालू आवको दोस्रो त्रैमाससम्म रू. २५ करोड १४ लाख नाफा कमाएको छ ।  यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ४१२ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले रू. ४ करोड ९० लाख नाफा कमाएको थियो ।  पछिल्लो समयमा पर्यटन व्यवसायमा सुधार आएकोले होटलको सञ्चालन आम्दानी पनि उल्लेख्य वृद्धि भएको छ । गत आवमा होटलको सञ्चालन आम्दानी रू. ५ करोड २४ लाख रहेकोमा चालू आवमा रू. ३० करोड ६२ लाख पुगेको छ । त्यस्तै दोस्रोमा तारागाउँ रिजेन्सी होटलले चालू आवमा मात्रै रू. १० करोड ६१ लाख नाफा कमाएको छ । गत आवमा यो होटल रू. १२ लाख ५९ हजार नोक्सानीमा थियो । चालू आवमा यस होटलको सञ्चालन आम्दानीमा वृद्धि भएको छ । गत आवमा यस होटलको सञ्चालन आम्दानी रू. २६ करोड ४७ लाख रहेकोमा चालू आवमा रू. ५३ करोड ११ लाख पुगेको छ ।  त्यसैगरी पर्यटन समूहको चन्द्रागिरी हिल्स लिमिटेडले चालू आवमा रू. ५ करोड १४ लाख नाफा कमाएको छ । गत आवमा कम्पनी रू. ५८ लाख ६ हजार नोक्सानीमा थियो । आन्तरिक पर्यटकहरूको भ्रमणमा भएको वृद्धिका कारण कम्पनीको आर्थिक क्रियाकलाप बढेर कम्पनीको व्यापार व्यवसायमा वृद्धि भएको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ । साथै नेपाल भ्रमण गर्ने तथा नेपालमा कार्यक्रम गर्ने विदेशी पर्यटकहरूको संख्यामा समेत सुधार भएको र पर्यटकहरूको गतिविधिमा वृद्धि भएकोले कम्पनीको नाफामा सुधार आएको हो । कम्पनीको सञ्चालन आम्दानी गत आवमा रू. २८ करोड ९२ लाख रहेकोमा चालू आवमा बढेर रू. ४० करोड ८२ लाख पुगेको छ ।  त्यस्तै ओरियण्टल होटल्सले चालू आवमा रू. ३ करोड ६५ लाख नाफा कमाएको छ । गत आवमा भने होटल्स रू. ८ करोड नोक्सानीमा थियो । यस होटल्सको पनि आम्दानी वृद्धि भएकाले नाफामा सुधार आएको हो । गत आवमा होटल्सको सञ्चालन आम्दानी रू. १५ करोड ९ लाख भएकोमा चालू आवमा बढेर रू. ४३ करोड ९० लाख पुगेको छ ।  कसको नाफा कति ? कम्पनीको नाम नाफा रू. हजारमा (दोस्रो त्रैमास)  फरक प्रतिशत     चालू आव             गत आव सोल्टी होटल  २५१४३८ ४९०३४ ४१३ तारागाउँ रिजन्सी होटल १०६१६७ – १२५९ – चन्दागिरी हिल्स ५१४८७ – ५८०६ – ओरियण्टल होटल्स ३६५७५ – ८००२७ –  स्रोत : कम्पनीद्वारा प्रकाशित चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण ।