राधी विद्युत् कम्पनीको शेयरमूल्य ९.९८ % ले वृद्धि, प्रतिकित्ता रू. १२२३ पुग्यो

असार ९, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार पनि राधी विद्युत् कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । यो समाचार तयार पार्दाको समय १२ : २७ बजेसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २२३ पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।  मार्केट डेप्थमा हेर्दा ६७ हजार ९३७ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री अर्डर ६८ कित्ता मात्र रहेको छ । कम्पनीले बोनस शेयर र हकप्रद शेयर पारित गर्नका लागि साधारण सभाको मिति तय गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो । कम्पनीले ३६ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सो बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको १४७ दशमलव ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । यी दुबै प्रस्ताव गर्नका पारितका लागि कम्पनीले आगामी असार २९ गते साधारण सभा बोलाएको छ ।  

सम्बन्धित सामग्री

राधी विद्युत् कम्पनीको खुद नाफा ३४% घट्यो

माघ २७, काठमाडौं । राधी विद्युत् कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३४ प्रतिशत घटेको छ ।  कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ४ करोड ८६ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ३ करोड २० लाखमा सीमित भएको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानी घटेकाले नाफा घटेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा विद्युत् विक्री बापत रू. ८ करोड ५१ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ७ करोड ७७ लाखमा सीमित भएको हो ।  कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ६४ लाख रहेको छ । त्यसैगरी चालू आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ९०, मूल्य आम्दानी अनुपात रू. ७१ दशमलव ६०, तरलता अनुपात १ दशमलव ५० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११५ दशमलव ९३ रहेको छ ।

राधी विद्युत् कम्पनीको सञ्चालक फेरीए

काठमाडौं, २२ असोज । राधी विद्युत् कम्पनीको सञ्चालक परिवर्तन गरिएको छ । कम्पनीले आज शेयरधनी कसुवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दिपेन्द्र लाल कर्णको ठाउँमा शेयरधनी साङ्गे विद्युत् कम्पनी लिमिटेडको तर्फबाट पुनम कार्की क्षेत्रीलाई सञ्चालक पदमा नियुक्त गरेको जानकारी दिएको हो ।

राधी विद्युत् कम्पनीमा सञ्चालक परिवर्तन

असोज २२, काठमाडौं । कम्पनीको सञ्चालक राधी विद्युत् कम्पनीमा सञ्चालक परिवर्तन भएका छन् । कम्पनीको शेयरधनी कसुवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दिपेन्द्र लाल कर्णको ठाउँमा शेयरधनी साङ्गे विद्युत् कम्पनी लिमिटेडको तर्फबाट पुनम कार्की क्षेत्रीलाई सञ्चालक पदमा नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो ।

राधी विद्युत् कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

भदौ २, काठमाडौं । दुई ओटा अलग - अलग कम्पनीको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।  राधी विद्युत् कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो । राधी विद्युत् कम्पनीले ३६ दशमलव ५ प्रतिशत बोनस शेयर वापतको १७ लाख २८ हजार ४८१ दशमलव २२५ कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर वापतको ५ लाख ७० हजार ९०० कित्ता शेयर सूचीकृत गराएको हो । अव बिहीवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

राधी विद्युत् कम्पनीमा स्वतन्त्र सञ्चालक र कम्पनी सचिव नियुक्त

साउन १३, काठमाडौं । राधी विद्युत् कम्पनीले स्वतन्त्र सञ्चालक र कम्पनी सचिव नियुक्त गरेको छ । कम्पनीले स्वतन्त्र सञ्चालकमा नितेश्वर प्रसाद कोइरी र कम्पनी सचिवमा लफिन काजी बज्राचार्यलाई नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो ।  कम्पनीको साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक सुनिता निरौलाले दिएको राजिनामा स्वीकृत गरी नितेश्वर कोइरीलाई आज (बिहीवार) देखिनै लागू हुने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।  त्यसैगरी रित्त कम्पनी सचिव पदमा लफिन काजी बज्राचार्यलाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उलेख छ ।

राधी विद्युत् कम्पनीको साधारण सभा मंगलवार हुँदै

असार २८, काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडको साधारण सभा मंगलवार हुँदैछ । सभा कमपनीको कार्यालय त्रिपुरेश्वरमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो ।  सभाले ३६ दशमलव ५ प्रतिशत बोनस शेयर (कर बाहेक) वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीको १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असार १५ गतेदेखि २९ गतेसम्म बन्द रहको जानकारी गराएको हो । यस हिसाबमा असार १४ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।

मूल्य समायोजन पछि राधी विद्युत् कम्पनीको शेयरमूल्यमा सर्किट

असार १५, काठमाडौं ।  साताको तेस्रो कारोबार दिन मंगलवार राधी विद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.९०३ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मंगलवार कम्पनीको ३६ दशमलव ५ प्रतिशत बोनस शेयर समायोजन भएको हो ।  उक्त बोनस शेयरको समायोजनपछि नेप्सेले कम्पनीको शेयरमूल्य रू.८२१ तोकेको थियो ।   साथै कम्पनीले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ ।सोही कारण पनि यो दिन कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।

राधी विद्युत् कम्पनीको शेयमूल्य समायोजन

असार १५, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलवार राधी विद्युत् कम्पनी लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले ३६ दशमलव ५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ८२१ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात सोमवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार १२० को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीले प्रस्तावित बोनस शेयर पारित गर्नका लागि असार २९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ ।  सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांश वितरण र हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ  । हाल कम्पनीको चुक्तापूँजी रू. ४७ करोड ३५ लाख ५६ हजार ५०० रहेको छ । सो पूँजीको आधारमा ३६ दशमलव ५० प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार कायम हुनेछ ।

राधी विद्युत् कम्पनीमा सञ्चालक परिवर्तन तथा अध्यक्ष नियुक्ती

असार ८, काठमाडौं ।  राधी विद्युत् कम्पनीमा सञ्चालक परिवर्तन भएको छ । कम्पनीको शेयरधनी खारे इन्भेष्टमेण्ट लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक अनिल कुमार रुङ्गाटालाई फिर्ता बोलाएकोले सच्चालक परिवर्तन भएको हो । उक्त सञ्चालक पदमा विमेश मान पतिलाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । साथै,असार ७ गते बसेको सञ्चालक समितिको बैठकले मंगलावरदेखि लागू हुने गरी कम्पनीको अध्यक्ष पदमा बिमेश मान पतिलाई नियुक्त गरेको छ ।