माघ २७, काठमाडौं । राधी विद्युत् कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३४ प्रतिशत घटेको छ ।
कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ४ करोड ८६ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ३ करोड २० लाखमा सीमित भएको हो ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानी घटेकाले नाफा घटेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा विद्युत् विक्री बापत रू. ८ करोड ५१ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ७ करोड ७७ लाखमा सीमित भएको हो ।
कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ६४ लाख रहेको छ । त्यसैगरी चालू आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ९०, मूल्य आम्दानी अनुपात रू. ७१ दशमलव ६०, तरलता अनुपात १ दशमलव ५० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११५ दशमलव ९३ रहेको छ ।