असार २८, काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडको साधारण सभा मंगलवार हुँदैछ । सभा कमपनीको कार्यालय त्रिपुरेश्वरमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो ।
सभाले ३६ दशमलव ५ प्रतिशत बोनस शेयर (कर बाहेक) वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीको १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असार १५ गतेदेखि २९ गतेसम्म बन्द रहको जानकारी गराएको हो । यस हिसाबमा असार १४ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।