असार ८, काठमाडौं । राधी विद्युत् कम्पनीमा सञ्चालक परिवर्तन भएको छ ।
कम्पनीको शेयरधनी खारे इन्भेष्टमेण्ट लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक अनिल कुमार रुङ्गाटालाई फिर्ता बोलाएकोले सच्चालक परिवर्तन भएको हो ।
उक्त सञ्चालक पदमा विमेश मान पतिलाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
साथै,असार ७ गते बसेको सञ्चालक समितिको बैठकले मंगलावरदेखि लागू हुने गरी कम्पनीको अध्यक्ष पदमा बिमेश मान पतिलाई नियुक्त गरेको छ ।