भदौ २, काठमाडौं । दुई ओटा अलग - अलग कम्पनीको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
राधी विद्युत् कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो । राधी विद्युत् कम्पनीले ३६ दशमलव ५ प्रतिशत बोनस शेयर वापतको १७ लाख २८ हजार ४८१ दशमलव २२५ कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर वापतको ५ लाख ७० हजार ९०० कित्ता शेयर सूचीकृत गराएको हो ।
अव बिहीवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।