साउन १३, काठमाडौं । राधी विद्युत् कम्पनीले स्वतन्त्र सञ्चालक र कम्पनी सचिव नियुक्त गरेको छ । कम्पनीले स्वतन्त्र सञ्चालकमा नितेश्वर प्रसाद कोइरी र कम्पनी सचिवमा लफिन काजी बज्राचार्यलाई नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो ।
कम्पनीको साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक सुनिता निरौलाले दिएको राजिनामा स्वीकृत गरी नितेश्वर कोइरीलाई आज (बिहीवार) देखिनै लागू हुने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
त्यसैगरी रित्त कम्पनी सचिव पदमा लफिन काजी बज्राचार्यलाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उलेख छ ।