राधी विद्युत् कम्पनीको सञ्चालक फेरीए

काठमाडौं, २२ असोज । राधी विद्युत् कम्पनीको सञ्चालक परिवर्तन गरिएको छ । कम्पनीले आज शेयरधनी कसुवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दिपेन्द्र लाल कर्णको ठाउँमा शेयरधनी साङ्गे विद्युत् कम्पनी लिमिटेडको तर्फबाट पुनम कार्की क्षेत्रीलाई सञ्चालक पदमा नियुक्त गरेको जानकारी दिएको हो ।  

सम्बन्धित सामग्री

विद्युत विक्री आम्दानी घटेपनि यस कारण बढ्यो राधी विद्युत कम्पनीको नाफा

काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५८ दशमलव ४१ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. २ करोड ५ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ३ करोड २५ लाख पुगेको छ ।  चालू आवमा कम्पनीको वित्तीय आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीको वित्तीय आम्दानी रू. १० लाख ४६ हजार रहेकोमा चालू आवमा बढेर रू. २ करोड ८१ लाख पुगेको छ । त्यस्तै कम्पनीको विद्युत् विक्री आम्दानी भने गत आवको तुलनामा चालू आवमा २० प्रतिशत कमि आएको छ । गत आवमा कम्पनीले विद्युत् विक्री बापत रू. ४ करोड आम्दानी गरेकोमा चालू आवमा घटेर रू. ३ करोड १७ लाखमा झरेको हो ।  कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६७ करोड रहेको छ । जगेडामा कम्पनीले रू. ३५ करोड ६३ लाख  सञ्चिती गरेको छ । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७८ पैसा(वार्षिकीकरण),तरलता अनुपात ९ दशमलव २४ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय २१ रुपैयाँ २६ पैसा रहेको छ ।  रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस

२८७५.४९ विन्दुमा पुग्यो नेप्से परिसूचक, करीब ८ अर्बको शेयर खरीदविक्री

असार १४, काठमाडौं । आइतवारदेखि उकालो लागेको नेप्से परिसूचक सोमवार पनि शून्य दशमलव १८ प्रतिशत अर्थात् ५ दशमलव ११ अंक बढेर २ हजार ८७५ दशमलव ४९ विन्दुमा पुगेको छ ।  आइतवार २७ दशमलव ३८ अंकले बढेर २ हजार ८७० दशमलव ३८ विन्दुमा बन्द भएको बजार सोमवार २ हजार ८९८ दशमलव ४२ विन्दुदेखि खुलेको थियो । यस दिन सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ७९ प्रतिशत अर्थात् ४ दशमलव १७ अंक बढेर ५३३ दशमलव ५७ विन्दुमा पुगेको छ । सोमवार लघुवित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् भने वित्त र जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । लघुवित्त समूहको परिसूचक सोमवार २ दशमलव १९ प्रतिशतले बढेको छ । त्यस्तै यो दिन लगानी समूहको परिसूचक २ दशमलव १४ प्रतिशत, होटल्स तथा पर्यटनको शून्य दशमलव ५७ प्रतिशत, बैंकिङ्गको शून्य दशमलव ३६ प्रतिशत, जीवन बीमाको शून्य दशमलव शून्य ८ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव १२ प्रतिशत परिसूचक बढेको छ ।  सर्वाधिक परिसूचक वित्त समूहको २ दशमलव ५९ प्रतिशतले र जलविद्युतको २ दशमलव २३ प्रतिशतले घटेको छ । त्यस्तै विकास बैंकको १ दशमलव ६४ प्रतिशत, व्यापारिकको शून्य दशमलव ८६ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव २६ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव २१ प्रतिशत र अन्य समूहको शून्य दशमलव १८ प्रतिशतले घटेको छ । सोमवार सबैको लघुवित्त वित्तीय संस्थाको ८ दशमलव १७ प्रतिशत र सिभिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ दशमलव शून्य ७ प्रतिशतले बढेको छ ।  यी वाहेक सर्वाधिक मूल्य बढ्ने पाँच ओटा कम्पनीभित्र परेका हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको ७ दशमलव ६३ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड- १ को ४ दशमलव ९३ प्रतिशत र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ दशमलव ६९ प्रतिशत बढेको छ ।  सामान्य अंकले बढेको सोमवारको बजारमा बेष्ट फाइनान्सका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयरमूल्य ५ दशमलव ४८ प्रतिशत अर्थात् प्रतिकित्ता रू. २१ ले घटेर अन्तिम मूल्य रू. ३६२ मा झरेको हो । यो सँगै सर्वाधिक मूल्य घट्ने पाँच ओटा कम्पनीहरुमा रिलायन्स फाइनान्स, राधी विद्युत् कम्पनी, आइसीएफसी फाइनान्स र पञ्चकन्यामाई हाइड्रोपावर रहेका छन् ।  रिलायन्स फाइनान्सको ४ दशमलव ९८ प्रतिशत, राधी विद्युतको ४ दशमलव ६८ प्रतिशत, आइसीएफसी फाइनान्सको ४ दशमलव ५३ प्रतिशत र पञ्चकन्यामाई हाइड्रोको ४ दशमलव ४२ प्रतिशत मूल्य घटेको हो । अघिल्लो कारोबार दिन आइतवारको तुलनामा सोमवार कारोबार रकम पनि बढेको छ । आइतवार रू. ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार बराबरको २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता शेयर कारोबार भएकोमा सोमवार रू. ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार बराबरको १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ता शेयर कारोबार भएको छ । कारोबार रकम बढेपनि आइतवारभन्दा कारोबार कित्ता सोमवार घटेको छ । सोमवार सर्वाधिक रकमको शेयर कारोबार अपर तामाकोशी हाइड्रोपावरको भएको छ । अपर तामाकोशीको रू. ६६ करोड ९४ लाख ४८ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको दिन उक्त कम्पनीको शेयरमूल्य ३ दशमलव ५४ प्रतिशत अर्थात् प्रतिकित्ता रू. २९ ले घटेर अन्तिम मूल्य रू. ७९० कायम भएको छ । यस दिन सर्वाधिक रकमको कारोबार गर्ने पाँच कम्पनीभित्र अपर तामाकोशीसँगै नेपाल इन्स्योरेन्स, राधी विद्युत कम्पनी, एनआईसी एशिया र्बैक र सेञ्चुरी कमर्सियल बैंक रहेका छन् ।  सर्वाधिक दोस्रोमा कारोबार भएको नेपाल इन्स्योरेन्सको रू. ५२ करोड २४ लाख ८४ हजार, तेस्रोमा कारोबार भएको राधी विद्युतको रू. ५० करोड ७ लाख ५९ हजार, चौथोमा कारोबार गरेको एनआईसी एशिया बैंकको रू. ५० करोड २५ लाख १७ हजार र पाँचौ नम्बरमा सर्वाधिक कारोबार भएको सेञ्चुरी कमर्सियल बैंकको रू. २८ करोड ६१ लाख ३४ हजार बराबरको शेयर कारोबार भएको छ ।