असार १५, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार राधी विद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.९०३ पुगेको हो ।
कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मंगलवार कम्पनीको ३६ दशमलव ५ प्रतिशत बोनस शेयर समायोजन भएको हो ।
उक्त बोनस शेयरको समायोजनपछि नेप्सेले कम्पनीको शेयरमूल्य रू.८२१ तोकेको थियो ।
साथै कम्पनीले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ ।सोही कारण पनि यो दिन कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।