युनिलिभर नेपालले नगद लाभांश दिने

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको आधारमा प्रतिकित्ता एक हजार २१५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लाभांश प्रयोजनका लागि मंसिर ४ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने...

सम्बन्धित सामग्री

उत्पादन तथा प्रशोधन समूहका ६ कम्पनीले दिए लाभांश , कुन कम्पनीको कति लाभांश ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत ८ कम्पनीहरुमध्ये ६ कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश दिएका छन् । युनिलिभर नेपाल, बोटलर्स नेपाल तराई , नेपाल ल्युब आयल , हिमालयन डिष्टीलरी, शिवम सिमेन्ट्स र घोराही सिमेन्ट्स इन्ड्रष्टी लिमिटेडले गत आवको मुनाफाबाट लाभांश दिएका हुन । बोटलर्स नेपाल बालाजु र सोनापुर मिनरल्स एण्ड आयलले भने गत आवको मुनाफाबाट लाभांश दिएनन् ।  लाभांश दिएका कम्पनीमध्ये हिमालयन डिष्टीलरी र शिवम सिमेन्ट्सको बोनस शेयर सूचीकृत भइसकेको छ भने नगद लाभांश दिएका कम्पनीले पनि सम्बन्धीत शेयरधनीहरुको बैंक खातामा नगद लाभांश पठाइसकेका छन् । त्यस्तै घाराही सिमेन्ट्स र नेपाल ल्युब आयलको लाभांश सूचीकृत हुन बाँकी छ ।  सबैभन्दा बढी लाभांश युनिलिभर नेपाल लिमिटेडको रहेको छ । यस कम्पनीले गत आवको मुनाफाबाट आफन शेयरधनीलाई १५८० प्रतिशत नगद लाभांश दिएको हो । यस कम्पनीले अघिल्लो आवको मुनाफाबाट भने १२१५ प्रतिशत नगद लाभांश दिएको थियो ।  त्यस्तै बोटलर्स नेपाल तराईले गत आवको मुनाफबाट यस वर्ष शेयरधनीलाई ६० प्रतिशत नगद लाभांश दिएको हो ।  नेपाल ल्युब आयल लिमिटेडले २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिएको छ । त्यस्तै हिमालयन डिष्टीलरीले १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिएको हो त्यस्तै शिवम सिमेन्ट्सले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लाििग शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश दिएको हो ।  घोराही सिमेन्ट्सले गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर दिएको छ । यस कम्पनीले पहिलो पटक आफ्ना शेयरधनीलाई लाभांश दिएको हो ।   स्रोत : कम्पनीको सूचनाबाट

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भाली अर्थात मंसिर १२ गते बुकक्लोज गर्दैछ । सोही कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । गत आवको मुनाफाबाट कम्पनीले शेयरधनीलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि  कम्पनीले मंसिर २६ गते ३० औं साधारण सभा बोलाएको छ ।

युनिलिभर नेपालले प्रतिकित्ता १,५८० रुपैयाँ लाभांश दिने

२९ असोज, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले सेयरधनीलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । २६ असोज शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा पनि आह्वान गरेको छ । कम्पनीले २६ मंसिरमा साधारणसभा आह्वान […]

युनिलिभर नेपालको लाभांश घोषणा, बुक क्लोज मितिसमेत तय

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले शेयरधनीहरूलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यो कम्पनीले अहिलेसम्म वितरण गरेको लाभांशमध्ये सबैभन्दा धेरै हो । असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ । साधारणसभाबाट अनुमोदन भएको ४५ दिनभित्र नगद लाभांश वितरण गरिनेछ । लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई प्रतिकित्ता १ हजार २१५ रुपैयाँका दरले नगद लाभांश वितरण गरेको थियो ।

युनिलिभरका सेयरधनीले प्रतिकित्ता १२१५ रुपैयाँ लाभांश पाउने

१७ कात्तिक, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । १६ कात्तिकमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरनीलाई प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैठकले प्रस्तावित […]

युनिलिभर नेपालद्वारा नगद लाभांश बैंक खातामा पठाउन शुरु

मंसिर २, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत कात्तिक ११ गते २८ औं वार्षिक साधारण सभाबाट पारित गरेको नगद लांभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीले यस वर्ष प्रतिकित्ता रू. ६५० का दरले नगद लाभांश वितरण गरेको हो । उक्त नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गरिसकेका शेयरधनीहरुको हकमा मंसिर १ गतेदेखिनै जम्मा गर्न शुरु गरिएको कम्पनीले बताएको छ । यसका साथै हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई यथाशिघ्र गराई आफ्नो नगद लाभांश प्राप्त गर्न पनि कम्पनीले भनेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज २५ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज २४ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्नेछन् ।

युनिलिभर नेपालले प्रस्ताव गर्‍यो प्रतिकित्ता ६५० रुपैयाँ नगद लाभांश

भदौ २२, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७/  ७८ सम्मको वितरण योग्य नाफाबाट नगद लाभांश  वितरण गर्ने घोषणा गरेको छ । गत सोमवार बसेको सञ्चालक समितिको बैठकले प्रतिकित्ता शेयर बराबर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।    कम्पनीले साधारण सभाबाट पारित भएको ४५ कार्य दिनभित्र शेयरधनीहरुलाई नगद लाभांश वितरण गरिने पनि बताएको छ। लाभांश वितरणका लागि कम्पनीले आगामी असोज २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असोज २४ गतेसम्म कायम शेयरधनीहरु  कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्तिका लागि योग्य हुने छन्। सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिशेयर १०० रुपैयाँका दरले नगद लाभांश वितरण गरेको थियो ।

युनिलिभर नेपालको लाभांश घोषणा, एजिएम भएको ४५ दिनभित्र वितरण गरिसक्ने

युनिलिभर नेपाल Unilever Nepal  ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार भर्चुअल माध्यमबाट सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ बाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।जस अनुसार कम्पनीले प्रति शेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २५ गते बुक क्लोज गरेकोले असोज २४ गतेसम्म कायम शेयरधनीले मात्र  लाभांश पाउन सक्ने छन् ।कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश वितरण गरिसक्ने जनाएको छ ।