हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको युनिलिभर नेपालको विगत १० वर्षको लाभांश इतिहास

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट आफ्ना शेयरधनीलाई १५८० प्रतिशत अर्थात् प्रतिकित्ता १ हजार ५८० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले प्रस्ताव गरेको यो लाभांश हालसम्मकै उच्च लाभांश हो । गत आर्थिक वर्षको प्रस्तावित लाभांशसहित १० आर्थिक वर्षमा यस कम्पनीले शेयरधनीलाई ९ हजार १५५ प्रतिशत लाभांश वितरण गरेको छ ।  नेपालको शेयर बजारमा सबैभन्दा बढी शेयर मूल्य भएको कम्पनीमा यस युनिलिभर नेपाल लिमिटेड पर्दछ ।  बहुराष्ट्रिय कम्पनी युनिलिभर शेयर मूल्यमा मात्रै होइन, लाभांश र प्रतिफल वितरणमा पनि अधिकांश सूचीकृत कम्पनीहरूभन्दा अगाडि छ । सबल व्यवस्थापन, लगानीको शतप्रतिशत सुनिश्चिततालगायत कारणले कम्पनी लगानीकर्ताको रोजाइमा परेको हो ।  शेयर मूल्य सबैभन्दा बढी भएकाले यस कम्पनीको शेयर कारोबार भने अरुको तुलनामा कम हुने गर्दछ । सूचीकृत भएको एक दशकभन्दा बढी भइसक्दा पनि कम्पनीले शेयरधनीलाई बोनस शेयर वितरण गरेको छैन । हालसम्ममा नगद लाभांश मात्र दिएको छ ।   गत आवमा कम्पनीले रू. १ अर्ब ८३ करोड नाफा कमाएको थियो । कम्पनीको चुक्ता पूँजी रू. ९ करोड २१ लाख रहेको छ । गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको जगेडामा रू. ४ अर्ब २६ करोडभन्दा बढी सञ्चिति छ ।  नेपाल स्टक एक्सचेन्जमा कम्पनीको कुल ९ लाख २० हजार ७ सय कित्ता शेयर सूचीकृत रहेको छ । मंगलवार यो समचार तयार पार्दासम्म कम्पनीको प्रतिकित्ता रू. ३६ हजार ५ सयमा कारोबार भइरहेको छ ।    स्रोत : कम्पनीको सूचनाबाट । 

सम्बन्धित सामग्री

युनिलिभर नेपालको लाभांश प्रस्ताव

काठमाडौं– युनिलिभर नेपालले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीको यो लाभांश हालसम्म वितरण गरेको लाभांशमध्ये सबैभन्दा बढी […]

युनिलिभर नेपालले नगद लाभांश दिने

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको आधारमा प्रतिकित्ता एक हजार २१५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लाभांश प्रयोजनका लागि मंसिर ४ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने...