युनिलिभरका सेयरधनीले प्रतिकित्ता १२१५ रुपैयाँ लाभांश पाउने

१७ कात्तिक, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । १६ कात्तिकमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरनीलाई प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैठकले प्रस्तावित […]

सम्बन्धित सामग्री

मैलुङखोला जलविद्युतको लाभांश आजसम्म कायम शेयरधनीले मात्र पाउने

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले प्रस्ताव गरेको २ दशमलव ३४ प्रतिशत लाभांश बिहीवार (आज)सम्म कायम शेयरधनीले मात्र पाउने भएको छ । कम्पनीले लाभांश प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि चैत २९ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा चैत १५ गतेसम्म कायम शेयरधनी मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।  कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा २ दशमलव २२११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दमलव ११६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ३७ करोड ६३ लाख १९ हजार रुपैयाँ कायम हुनेछ । सभा लैनचौर ब्यांक्वेट, लैनचौर, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । हालको चुक्ता पूँजी वृद्धि गर्ने र सोको लागि प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत सभाका लागि तय भएको छ । यस कार्यका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

दुई वाणिज्य बैंकको लाभांश आजसम्म कायम शेयरधनीहरूले मात्र पाउने

काठमाडौं । दुई वाणिज्य बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नबिल बैंक र नेपाल एसबिआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यी दुई बैंकले लाभांश प्रस्ताव पारितका लागि वार्षिक साधारण सभाको मिति तय गरिसकेका छन् । सो सभा प्रयोजनका लागि बिहीवार बुक क्लोज गर्ने भएसँगै बुधवारसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्ने भएका हुन् । नबिल बैंक लिमिटेडले ३९औं वार्षिक साधारण सभा पुस १२ गते बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा उक्त दिन बिहान १० बजे शुरु हुनेछ । सभाले बैंक र बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र नबिल स्टक डिलरको गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई समेत टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले यस वर्ष २ अर्ब ९७ करोड ६२ लाख ६९ हजार ६४० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।  त्यस्तै नेपाल एसबिआई बैंकले पुस १३ गते ३०औं वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अपिसर्स क्लब, भद्रकाली, काठमाडौंमा उक्त दिन बिहान ११ बजे हुनेछ । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँको आधारमा कुल १० दशमलव ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कुल लाभांशमा ३ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ६ दशमलव ८० प्रतिशत नगद लाभांश छ ।

श्री इन्भेस्टमेन्ट फाइनान्सको लाभांश घोषणा

श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई ४ करोड ९५ लाख रुपैयाँ बराबरको ५.०५ प्रतिशतले हुने नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो । यो लाभांश करसहित हो । लाभांश आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् । कम्पनीले गत आर्थिक वर्ष […]

युनिलिभरले बोलायो साधारणसभा,सेयरधनीले प्रतिकित्ता १५८० रुपैयाँ लाभांश पाउने

५ मंसिर, काठमाडौं । युनिलिभर नेपालले आगामी मंसिर २६ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले दिउँसो साढे ४ बजे होटल याक एण्ड यतीमा साधारणसभा आह्वान गरेको हो । साधारणसभाले सेयरधनीका लागि प्रतिकित्ता १५८० रुपैयाँ नगद लाभांश पारित गर्नेछ । कम्पनीले घोषणा गरेको यो लाभांश हालसम्मकै उच्च हो । गत […]

आजसम्म कायम इकाईधनीहरूले नबिल ब्यालेन्स्ड फण्ड २ को लाभांश पाउने

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘नबिल ब्यालेन्स्ड फण्ड–२’को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  लाभांश वितरण प्रयोजनको लागि योजना व्यवस्थापक नबिल इन्भेस्टमेण्ट बैंकिङले भोलि बुक क्लोज गर्ने निर्णय गरेको छ । यस आधारमा आजसम्म कायम इकाईधनीहरू लाभांश पाउन योग्य हुनेछन् ।  योजना व्यवस्थापकले यस म्युचुअल फण्डका इकाईधनीलाई आर्थिक वर्ष २०७९/८०को सञ्चित मुनाफाबाट योजनाको आकार १ अर्ब १२ करोड रुपैयाँको कुल ९ दशमलव ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ । जसअनुसार इकाईधनीलाई कुल १० करोड ७५ लाख २० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने योजना व्यवस्थापकले निर्णय गरेको हो ।

नेपाल टेलिकमको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल टेलिकम (NTC) को लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । साधारणसभाको लागि टेलिकमले चैत्र ११ गते शुक्रबारदेखि बुक क्लोज गर्ने निर्णय गरेकोले आज बिहीबारसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तवित लाभांश पाउने छन् । हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र प्रतिकित्ता २० रुपैयाँ […]

एसियन लाइफले पारित गर्यो २७ प्रतिशत लाभांश

एसियन लाइफ इन्स्योरेन्सले २७ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको १३ औं वार्षिक साधारणसभाले २५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश पारित गरेको हो ।भर्चुअल रूपमा बसेको कम्पनीको वार्षिक साधारणसभाले पारित गरेसँगै लगानीकर्ताले २७ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको २७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।विसं. २०६४ सालदेखि कारोबार सुरू गरेको कम्पनीले विसं. २०७८ सम्म आइपुग्दा ३० अर्ब रुपैयाँको जीवन बीमा कोष र ३० अर्ब रुपैयाँ लगानी रहे

कुमारी बैंकका सेयरधनीले बोनस सेयर ६ र नगद लाभांश २.६७ प्रतिशत पाउने

कुमारी बैंक लिमिटेडका सेयरधनीले बोनस शेयर ६ र नगद लाभांश २.६७ प्रतिशत पाउने भएका छन् । कम्पनीको साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई यो परिमाणमा लाभांश दिने प्रस्ताव पारित गरेको हो । साधारण सभाले सेयरधनीहरुलाई आ.व.२०७७/०७८ को लागि ६% बोनस शेयर तथा बोनश सेयर वापत लाग्ने कर प्रयोजनाको लागि समेत २.६७% बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सो बोनस शेयर जारीपश्चात् बैंकको चुक्तापुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँ पुग्नेछ । बैंकको २१ औं वार्षिक साधा

म्युचुअल फण्डमा लगानी गर्नेहरू मालामाल, कति दिन्छन् लाभांश?

अर्थ प्रतिइकाई १० रुपैयाँका दरले लगानी गर्नेले एक वर्षमै प्रतिइकाई ५ रुपैयाँ त लाभांश मात्रै पाउने छन्।