युनिलिभर नेपालले प्रस्ताव गर्‍यो प्रतिकित्ता ६५० रुपैयाँ नगद लाभांश

भदौ २२, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७/  ७८ सम्मको वितरण योग्य नाफाबाट नगद लाभांश  वितरण गर्ने घोषणा गरेको छ । गत सोमवार बसेको सञ्चालक समितिको बैठकले प्रतिकित्ता शेयर बराबर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।    कम्पनीले साधारण सभाबाट पारित भएको ४५ कार्य दिनभित्र शेयरधनीहरुलाई नगद लाभांश वितरण गरिने पनि बताएको छ। लाभांश वितरणका लागि कम्पनीले आगामी असोज २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असोज २४ गतेसम्म कायम शेयरधनीहरु  कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्तिका लागि योग्य हुने छन्। सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिशेयर १०० रुपैयाँका दरले नगद लाभांश वितरण गरेको थियो ।

सम्बन्धित सामग्री

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भाली अर्थात मंसिर १२ गते बुकक्लोज गर्दैछ । सोही कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । गत आवको मुनाफाबाट कम्पनीले शेयरधनीलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि  कम्पनीले मंसिर २६ गते ३० औं साधारण सभा बोलाएको छ ।

युनिलिभर नेपालले प्रतिकित्ता १,५८० रुपैयाँ लाभांश दिने

२९ असोज, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले सेयरधनीलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । २६ असोज शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा पनि आह्वान गरेको छ । कम्पनीले २६ मंसिरमा साधारणसभा आह्वान […]

युनिलिभर नेपालको लाभांश घोषणा, बुक क्लोज मितिसमेत तय

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले शेयरधनीहरूलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यो कम्पनीले अहिलेसम्म वितरण गरेको लाभांशमध्ये सबैभन्दा धेरै हो । असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ । साधारणसभाबाट अनुमोदन भएको ४५ दिनभित्र नगद लाभांश वितरण गरिनेछ । लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई प्रतिकित्ता १ हजार २१५ रुपैयाँका दरले नगद लाभांश वितरण गरेको थियो ।

युनिलिभर नेपालले नगद लाभांश दिने

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको आधारमा प्रतिकित्ता एक हजार २१५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लाभांश प्रयोजनका लागि मंसिर ४ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने...

युनिलिभरका सेयरधनीले प्रतिकित्ता १२१५ रुपैयाँ लाभांश पाउने

१७ कात्तिक, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । १६ कात्तिकमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरनीलाई प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैठकले प्रस्तावित […]

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

युनिलिभर नेपाल Unilever Nepal  को लाभांश सुरक्षित गर्ने आज असोज २४ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २५ गते बुक क्लोज गरेकोले आज असोज २४ गतेसम्म कायम शेयरधनीले मात्र  लाभांश पाउन सक्ने छन् । कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश वितरण गरिसक्ने जनाएको छ । कम्पनीले कार्तिक ११ गते भर्चुअल माध्यमबाट कम्पनीको २८ औ साधारणसभा गर्ने निर्णय गरेको छ  ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट प्रति शेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु: १. आ.ब. २०७७-७८ (१६ जुलाई २०२० देखि १५ जुलाई २०२१) को नाफा नोक्सान विवरण, वासलात, नगद प्रवाह विवरण, आषाढ ३१,२०७८ (१५ जुलाई २०२१) सम्मको संचालक समिति तथा लेखा परिक्षकका प्रतिवेदनहरु प्राप्त गरी पारित गर्ने ।२. २०७८ साल श्रावण १ (१६ जुलाइ २०२१) देखि शुरु हुने वर्षको लागि नयाँ लेखापरिक्षकको नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने ।३. संचालक समितिको सिफारिस बमोजिम लाभांश स्वीकृति गर्ने ।४. प्रबन्ध निर्देशकको पारिश्रमिकको बारेमा जानकारी गराउने ।५. युनिलिभर नेपाल लिमिटेडको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाहरुको खर्चहरु पारित गर्ने ।६. सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने निर्देशक नियुक्ति गर्ने ।७. विविधः अध्यक्षको अनुमति अनुसार ।

युनिलिभर नेपालको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

युनिलिभर नेपाल Unilever Nepal  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक ११ गते भर्चुअल माध्यमबाट कम्पनीको २८ औ साधारणसभा गर्ने निर्णय गरेको हो  ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट प्रति शेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २५ गते बुक क्लोज गरेकोले असोज २४ गतेसम्म कायम शेयरधनीले मात्र  लाभांश पाउन सक्ने छन् । कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश वितरण गरिसक्ने जनाएको छ । यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु: १. आ.ब. २०७७-७८ (१६ जुलाई २०२० देखि १५ जुलाई २०२१) को नाफा नोक्सान विवरण, वासलात, नगद प्रवाह विवरण, आषाढ ३१,२०७८ (१५ जुलाई २०२१) सम्मको संचालक समिति तथा लेखा परिक्षकका प्रतिवेदनहरु प्राप्त गरी पारित गर्ने । २. २०७८ साल श्रावण १ (१६ जुलाइ २०२१) देखि शुरु हुने वर्षको लागि नयाँ लेखापरिक्षकको नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने । ३. संचालक समितिको सिफारिस बमोजिम लाभांश स्वीकृति गर्ने । ४. प्रबन्ध निर्देशकको पारिश्रमिकको बारेमा जानकारी गराउने । ५. युनिलिभर नेपाल लिमिटेडको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाहरुको खर्चहरु पारित गर्ने । ६. सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने निर्देशक नियुक्ति गर्ने । ७. विविधः अध्यक्षको अनुमति अनुसार ।