युनिलिभर नेपालको लाभांश घोषणा, एजिएम भएको ४५ दिनभित्र वितरण गरिसक्ने

युनिलिभर नेपाल Unilever Nepal  ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार भर्चुअल माध्यमबाट सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ बाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।जस अनुसार कम्पनीले प्रति शेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २५ गते बुक क्लोज गरेकोले असोज २४ गतेसम्म कायम शेयरधनीले मात्र  लाभांश पाउन सक्ने छन् ।कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश वितरण गरिसक्ने जनाएको छ । 

सम्बन्धित सामग्री

एचआईडीसीएलको लाभांश घोषणा

५ पुस, काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । सरकार र साधारणसभाबाट स्वीकृति पाइसकेपछि घोषित लाभांश वितरण हुने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले पुस २९ गतेका लागि साधारणसभा पनि […]

मन्दाकिनी हाइड्रोपावरको पाँच प्रतिशत लाभांश घोषणा

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले पाँच प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई कर सहितको पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ।कम्पनीको आगामी वार्षिक साधारणसभामा उक्त लाभांश लगानीकर्तालाई वितरण हुनेछ ।

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाडौ, २५ माघ । प्रुडेन्सियल इन्स्योरेन्सले ७ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको माघ २४ गते सम्पन्न बैठकले इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो । गत आवको नाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने […]

राष्ट्रिय वाणिज्य बैंकद्वारा लाभांश घोषणा

कुल २७ वटा वाणिज्य बैंकमध्ये गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी एक राष्ट्रिय बाणिज्य बैंकले पनि आफ्नो लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनी लगानीकर्ताहरुलाई चुक्ता पुँजीको अधिकतम् ३३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।यस्तो लाभांश चुक्तापुँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि तीन प्रतिशत नगद गरि कुल ३३ प्रतिशत लाभांश वितरण गर्ने बैंकले जनाएको छ । प्रस्तावित लाभांश भने राष्ट्र बैंकबाट स्विकृत प्राप्

हिमालयन डिस्टिलरीको लाभांश घोषणा, बोनसमात्रै ७५ प्रतिशत

७ पुस, काठमाडौं । हिमालयन डिष्टिलरीले शेयरधनीहरुका लागि बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरुका लागि गत वर्षको सञ्चित मुनाफाबाट शतप्रतिशत लाभांश घोषणा गरेको हो । मंगलबार अपराह्न बसेको कम्पनीको सञ्चालक समितिले ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश गरी १०० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले लाभांश […]

सिभिल बैंकको लाभांश घोषणा

सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को नाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको ५ पुसमा बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्ताले प्राप्त गर्ने छन् ।

मञ्जुश्री फाइनान्सको ४६ प्रतिशत लाभांश घोषणा

काठमाडौँ – मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। फाइनान्सको २४ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत बोनस र करसहित ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्ताले […]

शिवम् सिमेन्टद्वारा लाभांश घोषणा

उत्पादनमूलक समूहको शिवम् सिमेन्टले लाभांश घोषणा गरेको छ ।कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।कम्पनीले प्रस्तावित लाभांश पारित गर्नको लागि आउँदो कात्तिक १६ गतेको लागि छैटौं वार्षिक साधारणसभा […]

हिमालयन बैंकको लाभांश घोषणा

हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्फ्रास्ट्रक्चर बैंकद्धारा ८ प्रतिशत लाभांश घोषणा

काठमाडौं, ५ असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांश घोषणा गरेको छ । बैंकले अहिलेसम्मको मुनाफाबाट ८ दशमलव ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकको साउन ४ गते बसेको संचालक समितिको बैठकले संचित नाफाबाट १ अर्ब ७० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको  हो । गत आवमा बैंकले ६५ करोड ८५ लाख […]