अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै वर्षको अन्त्यसम्म इराकबाट सेना फर्काउने घोषणा गरेका छन् । राष्ट्रपति बाइडेनका अनुसार इराकी सेनालाई तालिम र सल्लाह दिने काम भने जारी रहनेछ । ह्वाइटहाउसमा इराकी प्रधानमन्त्री मुस्तफा अल–कदिमीसँगको वार्तापछि बाइडेनले यस्तो घोषणा गरेका हुुन् । इराकमा अहिले झन्डै २५ सय अमेरिकी सैनिक छन् । उनीहरु इस्लामिक स्टेटका बाँकी रहेका लडाकुहरुले गर्नसक्ने संभावित आक्रमणका लागि तयारी अवस्थामा बसेका छन् । २०२० को जनवरीमा राजधानी बग्दादमा अमेरिकी ड्रोन हमलामा शीर्