काठमाण्डौ – दक्षिण कोरियाबाट अवैध तरिकाले उत्तर कोरिया प्रवेश गरेका एक जना अमेरिकी सैनिक पक्राउ परेका छन् ।
दुई देशबीचको अत्यन्तै कडा सुरक्षात्मक सीमा पार गर्ने अमेरिकी सैनिक ट्राभिस किङलाई पक्राउ गरेको उत्तर कोरियाले जनाएको छ ।
अमेरिकी सरकारले आफ्ना नागरिकलाई कुनै पनि हालतमा उत्तर कोरियाको भ्रमण नगर्न सुझाव दिइरहेको अवस्थामा ती सैनिक उत्तर कोरिया प्रवेश गरेका जनाइएकोे छ ।
अमेरिकी सेनाका अनुसार ती सैनिक जानाजानी र बिना अनुमति उत्तर कोरिया प्रवेश गरेका हुन् । बीबीसीका अनुसार ती सैनिक संयुक्त राष्ट्रद्वारा ...