काठमाडौं, मंसिर १३ । वाणिज्य बैंकहरुको निक्षेप निरन्तर घट्न थालेको छ । बैंकर्स संघले सोमबार उपलब्ध गराएको मंसिर १० गतेसम्मको तथ्यांक अनुसार, एक सातामै निक्षेप ६ अर्बले घटेको छ भने कर्जा प्रवाह १४ अर्बले बढेको छ । यस्तै, मंसिर महिनामा मात्र बैंकहरुको निक्षेप १४ अर्बले घट्दा ऋण २१ अर्बले बढेको पनि संघले जनाएको छ । […]