बैंकमा करिब पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता

आज सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच बढ्दै गएको देखिएको छ । मर्जर तथा प्राप्तिका कारण बैंक तथा वित्तीय संस्थाको संख्या घट्दै गए पनि बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तार भएको कारण वित्तीय पहुँच वृद्धि हुँदै गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । शाखा विस्तारसँगै बैंकिङ कारोबार गर्ने जनसंख्या उल्लेख्य बढेको […]

सम्बन्धित सामग्री

बैंकमा करिब पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता

आज सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच बढ्दै गएको देखिएको छ।...

बचतकर्ताको निक्षेपमा सहकारी अध्यक्षको मनोमानी, निजी घर–कम्पनीमा लगानी

२६ चैत, विराटनगर । तुलसी बहुमुखी सहकारीका वचकर्ताको रकम अध्यक्षले मनोमानी ढंगले आफ्नो कम्पनी तथा घरजग्गामा लगाएको पाइएको छ । १ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढी निक्षेप दायित्व रहेको सहकारीले करिब डेढ अर्ब कर्जा लगानी गरेको छ । यसमध्ये ४१ करोडभन्दा बढी कर्जा भने सहकारीका अध्यक्ष केदारनाथ शर्माले आफ्नै निजी कम्पनीमा लगानी गरेको देखिएको […]

मेरो माइक्रोफाइनान्सले दोस्रो त्रैमाससम्म कमायो करिब ७ करोड नाफा

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ६ करोड ७७ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा करिब ७७ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २९ करोड ४२ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।  यस वर्ष कम्पनीको सञ्चालन नाफा ७७ दशमलव ४४ प्रतिशत कम भएको छ । गत वर्ष रू. ४२ करोडभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ९ करोड ४८ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. ४ करोड ६६ लाखभन्दा बढी रहेको छ ।  हाल रू. १ अर्ब २० करोड चुक्तापूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ रू. ३६ करोड ४९ लाखभन्दा बढी र जगेडा कोष रकम रू. ४८ करोड ९३ लाखभन्दा बढी रहेको छ । कम्पनीले दोस्रो त्रैमाससम्म गत वर्षभन्दा ५ दशमलव २३ प्रतिशत बढी रू. ३ अर्ब ५९ करोड ७९ लाख निक्षेप संकलन गरेको छ भने ८ प्रतिशत कम रू. १ अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ ।  कर्जा सापटी भने गत वर्षभन्दा १४ दशमलव ४५ प्रतिशत कम रू. ८ अर्ब ८९ करोड रहेको छ । गत वर्ष ३ दशमलव ५५ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ४ दशमलव ९६ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ११ दशमलव ३० र प्रतिशेयर नेटवर्थ रू. १७१ दशमलव १९ रहेको छ ।

नेपाल बैंकको नाफा करिब डेढ अर्ब

नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार बैंकको निक्षेप १ खर्ब ८३ अर्व ३४ करोड पुगेको छ भने कर्जा लगानी १ खर्ब ७२ अर्ब ९१ करोड पुगेको छ ।२७ वटा वाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा लगानीमा नेपाल बैंकले आक्रामक वृद्घि गरेको छ । निक्षेप संकलनमा १९.७९ […]

बैंकको निक्षेप ६० प्रतिशत घट्यो

चालू आवको पहिलो नौ महिनामा वाणिज्य बैंकहरूको निक्षेप गतवर्षको सोही अवधिको तुलनामा करिब ६० प्रतिशतले घटेको छ । बैंकहरूको गत आवको तेस्रो त्रैमाससम्म रू. ७१ अर्ब १० करोड निक्षेप संकलन गरेका थिए । चालू आवको सोही अवधिमा यो रकम करिब रू. २८ अर्ब मात्रै रहेको छ । तुलनात्मक रूपमा बैंकहरूको निक्षेप वृद्धिदर चालू आर्थिक वर्षभित्रै पनि धेरै कम छ । ‘बजारमा तरलताको अभावका अवस्था यसको मूलकारण हो,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले अभियानसँग भने । अघिल्लो आवको चैत मसान्तमा वाणिज्य बैंकहरूको निक्षेप संकलन वृद्धिदर करिब १७ प्रतिशत रहेको थियो । हाल सञ्चालनमा रहेका २७ मध्ये २६ वाणिज्य बैंकहरूले अहिलेसम्म गरेको निक्षेप संकलन करिब ५ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । यसमा स्थानीय मुद्रा निक्षेप (एलसीबाई) रकम रू. ५ खर्ब ३५ अर्ब रहेको छ । विसं २०६६ वैशाखमा वाणिज्य बैंकहरूको निक्षेप करिब ५ खर्ब रुपैयाँ रहेको थियो । चैत मसान्तसम्म एक वर्षमा यो ८५ अर्ब बढेर ५ सय ८५अर्ब पुगेको छ । वाणिज्य बैंकहरूले विभिन्न क्षेत्रमा गरेका कर्जा प्रवाह चालू आवको पहिलो नौ महिनामा करिब ६१ अर्ब रुपैयाँले बढेको छ । आर्थिक वर्षको सुरुमा ४ खर्ब ६६ अर्ब पुगेको छ । राष्ट्र बैंकले दिएको यो तथ्यांकअनुसार अहिले बैंकिङ प्रणालीमा झन्डै १ खर्ब १९ अर्ब रुपैयाँ तरलता रहको देखिन्छ । वर्ष ५, अंक ३६, २०६७, वैशाख २७–जेठ २

गरिमा बैंक १५ औं वर्षमा प्रवेश, निक्षेप र कर्जा खाता संख्या ६ लाख

गरिमा विकास बैंक लिमिटेड स्थापनाको १५ औं वर्षमा प्रवेश गरेको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेका बैंकले बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामीण जिल्लाहरूमा ११५ शाखा कार्यालय, एक एक्स्टेन्सन काउन्टर र ५१ बैकिङ्ग कारोबार गर्ने गरेको छ ।६७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन र ६१ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको तथा करिब ६ लाख निक्षेप एवम् कर्जा खातासहित बैंकले निरन्तर आफ्नो वासलात एवं अन्य प्रमुख वित्तिय सूचकहरूमा सन्तोषजनक प्रगति गर्दै आइरहेको पनि दाबी गरेको छ ।वार्षिकोत्सवका

निक्षेप हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । वाणिज्य बैंकहरूको कुल निक्षेप सकंलन बढेर हालसम्मकै उच्च विन्दुमा पुग्दा पनि बैंकमा तरलता (लगानीयोग्य पूँजी) को अभाव भने कायमै रहेको छ । असोजको दोस्रो सातासम्म वाणिज्य बैंकहरूको कुल निक्षेप रू. ४२ खर्ब १८ अर्ब पुगेको छ, जुन हालसम्मकै बढी हो । गत असार मसान्तसम्म कुल निक्षेप ४१ खर्ब १ अर्ब पुगेको थियो । चालू आर्थिक वर्ष शुरू हुनासाथ निक्षेप संकलन घटेको थियो । तर, अहिले निक्षेप संकलन बढेर नयाँ विन्दुमा पुगेको हो । बैंकहरूमा निक्षेप नै आउन नसक्दा चालू आवको शुरूदेखि नै तरलता अभावको समस्या हुँदै आएको थियो । अहिले बैंकिङ क्षेत्रमा निक्षेप आउन थाले पनि तरलता अभावको समस्या नहटेको बैंकरहरू बताउँछन् । अहिले कर्जाको माग उच्च रहेको छ । त्यसैले निक्षेप बढे पनि तरलता अभावको समस्या कायमै रहेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘अहिले सरकारी खर्च हुन थालेपछि बैंकहरूमा निक्षेप आउन थालेको छ । रेमिट्यान्स (विप्रेषण) पनि आउन थालेको छ । तर, तरलता अभावको समस्या भने कायमै छ,’ उनले भने, ‘अहिले कर्जाको माग निकै उच्च छ । साथै, कर्जा प्रवाह पनि बढेको छ । त्यसैले तरलताको अभाव भएको हो ।’ चाडपर्वका कारण आयात पनि उच्च मात्रामा भएको छ । आयात अझै बढ्ने सम्भावना छ । त्यो आयातका लागि आवश्यक पर्ने पूँजीका लागि सम्बद्ध उद्योग तथा आयातकर्ताबाट कर्जाको माग बढेको छ । फलस्वरूप तरलता अभाव कायमै भएको बताइएको छ । अब विप्रेषण नै तरलता व्यवस्थापन गर्ने उच्च माध्यम हुने उनको भनाइ छ । ‘दशैंले गर्दा गतहप्तादेखि नै विप्रेषण आप्रवाह बढेको जस्तो देखिन्छ । साथै, अबको २ साता पनि उच्च मात्रामा विप्रेषण आउने सिजन हो,’ उनले भने, ‘अपेक्षित मात्रामा विप्रेषण आयो भने तरलता व्यवस्थापनमा सहज हुनेछ ।’ विप्रेषण आप्रवाह बढ्दा शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिमा पनि सुधार आउने उनको भनाइ छ । त्यो अवस्थामा व्याजदरमा पुनरवलोकन गर्न पनि सहज सकिने दाहालले बताए । गत साता बैंकहरूको कुल निक्षेप ३८ अर्ब १२ करोड रुपैयाँले थपिएको छ, जुन साप्ताहिक आधारमा चालू आवकै धेरै हो । बैंकहरूले तरलता अभाव भएपछि असोज १ गतेदेखि निक्षेपको ब्याजदर बढाएका थिए । तैपनि असोजको पहिलो साता निक्षेप संकलनमा सुधार आएको थिएन । त्यो साता करिब ८ अर्ब रुपैयाँ मात्र निक्षेप संकलन भएको थियो । तर, असोजको दोस्रो साता भने निक्षेप सकंलन ह्वात्तै बढेको छ । सरकारी खर्च बैंक निक्षेपको एउटा मुख्य स्रोत हो । तर, प्रतिस्थापन बजेट पारित हुन नसक्दा चालू आवको असोज पहिलो सातासम्म नै सरकारी खर्च हुन सकेको थिएन । फलस्वरूप बैंकिङ तरलतामा समस्या आएको थियो । तर, अहिले प्रतिस्थापन बजेट पारित भएसँगै गत सातादेखि सरकारी खर्च हुने थालेको छ । फलस्वरूप निक्षेप संकलन बढ्न थालेको हो । कर्जा प्रवाह पनि ह्वात्तै बढेको छ । गत साता बैंकहरूले ३९ अर्ब रुपैयाँ नयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो हप्ता बैंकहरूले रू. ३१ अर्ब नयाँ कर्जा प्रवाह गरेका थिए । बैंकहरूको कुल कर्जा प्रवाह भने ३९ खर्ब ४२ अर्ब पुगेको छ ।

गत आवमा ५८ करोड साना उद्यम कर्जा सुरक्षण - Karobar National Economic Daily

काठमाडौंः गत आर्थिक वर्ष ०७३/७४ मा बैंक तथा वित्तीय संस्थाले करिब ५८ करोड साना तथा मझौला उद्यम कर्जा सुरक्षण गरेका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषको तथ्यांकअनुसार तीनवटा बैंकले…