एक दिनमै ७ अर्ब निक्षेप थपियो तर बैंकर भन्छन् : यो वर्ष तरलता सहज हुँदैन

माघ १५, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा एक दिनमै रू. ७ अर्ब निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ १२ र १३ गतेको बीचमा बैंकहरुमा यो रकम जम्मा भएको हो । एक दिनमा ७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको भएपनि तरलता सहज यो वर्षभरी नै नहुने बैंकरहरुको भनाइ छ ।   अहिले पनि बैकहरुमा तरलता अभाव नै रहेको एक जना बैंकरले जनाकारी दिए । एक दिनमा रू.७ अर्ब बैंकहरुमा निक्षेप थपिएको भएपनि तरलता सहज हुन अझै समय लाग्ने ती बैंकरले बताए । ‘अहिले पनि सिडि रेसियो ९० प्रतिशतभन्दा माथि छ । अहिले त्यतिधेरै डिपोजिट बढिसकेको अवस्था हैन । २७ ओटा वाणिज्य बैंकहरुमा रू.७ अर्ब थपिनु कुनै ठूलो कुरा हैन’, उनले भने । रेमिट्यान्स घट्दै गएकाले पनि तरलतामा प्रत्येक्ष प्रभाव पर्ने गरेको ती बैंकरले बताए ।   १३ गतेसम्म बैंकहरुमा रू.४८ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । जम्मा भएको निक्षेपमध्ये वाणिज्य बैंकहरुको रू.४३ खर्ब १ अर्ब रहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी निक्षेप विकास बैंक र फाइनान्स कम्पनीहरुको रहेको छ ।   बैंकहरुमा निक्षेप बढ्दै गएपछि कर्जा र निक्षेपको अनुपात (सिडी रेसियो) मा पनि सुधार देखिएको छ । माघ १२ गते ९० दशमलव ६० प्रतिशत पुगेको सिडी रेसियो १३ गते शून्य दशमलव १२ विन्दुले घटेको छ । राष्ट्र बैंकले वेवसाइडमा राखेको तथ्यांक अनुसार १३ गते सिडी रेसियो घटेर ९० दशमलव ४८ प्रतिशत कायम भएको छ ।  राष्ट्र बैंकले वेबसाइटमा सिडि रेसियो वाणिज्य बैंकहरुको मात्र राखेको छ । सिडी रेसियो भनेको बैंकहरुले संकलन गर्ने निक्षेप र प्रवाह गर्ने कार्जाबीचको अनुपात हो । सिडि रेसियो बढ्दै गएर ९० प्रतिशतभन्दा माथि पुग्यो भने बैंकहरु ऋण दिन नसक्ने अवस्थामा छन् भन्ने बुझिन्छ । बैंकहरु ऋण दिने अवस्थामा नआउनुलाई तरलता अभाव (क्रेडिट क्रन्च) भनिन्छ । यसरी कर्जा प्रवाह निक्षेपको तुलनामा बढ्दै गएपछि राष्ट्र बैंककले मौद्रिक नीति २०७८/ ७९ मा वाणिज्य बैंकले आगामी असार मसान्तसम्म सिडि रेसियो ९० प्रतिशतभन्दा तल झार्नुपर्ने व्यवस्था गरिदिएको छ ।  त्यस्तै अहिले तरलता स्थिर अवस्थामा रहेको भएपनि सहज हुन समय लाग्ने अर्का बैंकरले बताए । अहिलेकै अवस्था रहिरहने हो भने आगामी दिनमा पनि तरलता सहज हुने कुनै छाटकाँट नदेखिएको उनको भनाइ छ । ‘तरलता अहिले नबिग्रिएको अवस्था हो । जुन हिसाबले स्थिति बिग्रिदै गएको थियो, सरकारले स्थानीय तहमा पठाउने रकम ५० प्रतिशतलाई बढाएर ८० प्रतिशत बनाएपछि सिडी रेसियोलाई ट्राकमा ल्याइयो । त्यसबीचमा सिडी रेसियो घटेर ९० प्रतिशत तल झरेको थियो । फेरी सिडी रेसियो ९० प्रतिशतमाथि पुगेको छ । पहिला जस्तो क्रेडिट ग्रोथ भएको अवस्था छैन्,’ उनले भने । यो आर्थिक वर्षमा तरलता सहज भएर बैंकको ब्याजदर घट्ने कुने संकेत नरहेको उनले बताए ।  बैंकको ब्याजदर नघटे व्यापार/ व्यवसायलगायत शेयर बजारमा प्रभाव पर्ने एक लागनीकर्ताले जानकारी दिए । 

सम्बन्धित सामग्री

बैंकर र व्यवसायीअनुकूलको नीति लिने अर्थमन्त्रीको आश्वासन

अर्थमन्त्री वर्षमान पुनले बैंकर र व्यवसायीसँग उनीहरूको मनोबल बढाउने गरी काम गर्ने प्रतिबद्धता गरेका छन् । बिहीबार अर्थ मन्त्रालयमा पुगेका उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डलसँग भेट गर्दै उनले निजी क्षेत्रको मनोबल उकास्ने...

ई–सेवाको अध्यक्षमा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त

ई–सेवाको अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । बैंक तथा वित्तीय क्षेत्रमा सफल मानिएका कुँवरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

फोनपेको प्रमुख सञ्चालन अधिकृतमा बैंकर सिद्धान्त ठकुरी

फोनपे पेमेन्ट सर्विस लिमिटेडमा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन् । नव नियुत्त ठकुरीलाई एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले स्वागत गरेका थिए । नवनियुक्त सिओओ ठकुरीसँग नबिल बैंकमा काम गरेको १८ वर्ष भन्दा धेरैको  अनुभव रहेको छ । ठकुरीसँग कार्ड तथा डिजिटल पेमन्टको क्षेत्रमा दशक लामो अनुभव रहेको छ । त्यस्तै ठकुरीसँग सेल्स एण्ड मार्केटिङ्, सञ्चालन तथा जोखिम...

नेपालमा क्रिप्टोकरेन्सी कारोबार अवैध होः नेपाल बैंकर संघ

नेपाल बैंकर संघले क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको छ । एक सूचना प्रकाशित गर्दै वाणिज्य बैंकहरूको छाता संगठन संघले नेपालमा क्रिप्टो तथा भर्चुअल करेन्सी कारोबार अवैध रहेको बताएको हो ।  उक्त सूचनामा भनिएको छ, ‘नेपालमा विदेशी विनिमय वा मुद्राका रूपमा क्रिप्टो/भर्चुअल करेन्सीलेको कारोबार अवैध हो । कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम...

ताप्लेजुङमा बैंकर क्लव गठन, सामाजिक उत्तरदायित्व र आफ्नो हकहित प्राथमिकतामा

स्थानीय स्तरमा बैंक तथा बित्तीय संस्थामा देखिएका समस्या पहिचान गरी बैंकिङ सेवालाई सहज रुपमा जनतामाझ लैजाने कार्यको सहजीकरण गर्न ताप्लेजुङमा बैंकर क्लवको गठन भएको छ।...

बैंकर अनिल केशरी शाहको तलब ५० प्रतिशतले बृद्धि

काठमाडौं, १८ पुस । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको तलब, भत्ता तथा अन्य सुविधा ५० प्रतिशतले बढेको छ । बैंकर शाहले २०२१ सालमा तलब, भत्ता र अन्य सुविधा बापत २ करोड ४५ लाख २ हजार ६६९ रुपैयाँ प्राप्त गरेका हुन् । बैंकर शाहले २०२० मा १ करोड ६२ लाख ३४ हजार ३०२ […]

हास्यव्यंग्य क्षेत्रमा रमेका बैंकर शाक्य

काठमाडौं चाबहिल सरस्वतीनगरका माणिकरत्न शाक्य पेसाले बैंकर हुन् । उनले राष्ट्रिय वाणिज्य बैंकमा करिब चार दशक बिताइसकेका छन् । बैंकका जागिरे भए पनि जागिरको सिलसिलामा उनी जहाँजहाँ पुग्छन्, त्यहींको परिवेशमा आधारित घटनाक्रमलाई संगालेर हास्य व्यंग्यात्मक पुस्तक प्रकाशन गर्छन् । उनले चारवटा कृति प्रकाशन गरिसकेका छन् भने दर्जन प्रकाशनको सम्पादन पनि गरेका छन् । आफ्नै भ्mयाइँकुटी, […]

युवा बैंकर प्रवेश रिजालले पाए अमेरिकाको प्रतिष्ठित जीसीआइएफ पुरस्कार

काठमाडौँ– युवा बैंकर प्रवेश रिजालले संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित ‘ग्लोबल कन्फरेन्स अन इन्स्योरेन्स एण्ड फाइनान्स’ (जीसीआइएफ) पुरस्कार  पाएका छन्। उनी हाल अमेरिकामा कार्यरत छन्। मंगलबार संयुक्त राज्य अमेरिकाको लास भेगास शहरमा आयोजित एक भव्य समारोहमा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो। जीसीआइएफले अमेरिकामा बीमा तथा वित्त क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्तिहरुलाई सो पुरस्कार प्रदान गर्ने […]

कोरोना संक्रमणबाट पूर्व बैंकर श्रेष्ठको निधन

२९ वैशाख, काठमाडौं । कोरोना संक्रमणबाट बैंकर निरज श्रेष्ठको निधन भएको छ । कोरोना संक्रमणपछि नेपाल प्रहरी अस्पतामा केहि दिन भनाई भएका श्रेष्ठको बुधबार विहान निधन भएको हो । कोरोनाले एकदमै गाह्रो भएपछि श्रेष्ठलाई हिजामात्रै भेण्टिलेटरमा राखेर उपचार शुरु गरिएको उनको पारिवारिक श्रोतले बताएको छ । उनको बुवाको पनि मंगलबारमात्रै निधन भएको थियो । श्रेष्ठका […]